YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:1-13

भजनसंग्रह 118:1-13 सरल नेपाली

परमप्रभुलाई धन्‍यवाद चढाओ किनभने उहाँ असल हुनुहुन्‍छ र उहाँको प्रेम अमर छ। इस्राएलका प्रजाले भनून्, “उहाँको प्रेम अमर छ।” परमेश्‍वरका पूजाहारीहरूले भनून्, “उहाँको प्रेम अमर छ।” उहाँलाई पुज्‍नेहरू सबैले भनून्, “उहाँको प्रेम अमर छ।” मेरा कष्‍टमा मैले परमप्रभुलाई पुकारें, उहाँले मलाई जवाफ दिनुभयो र छुटकारा दिनुभयो। परमप्रभु मसँग हुनुहुन्‍छ, म डर मान्‍दिनँ, कसले मलाई के गर्न सक्‍छ र? परमप्रभुले मलाई सहायता दिनुहुन्‍छ। मैले आफ्‍ना शत्रुहरू हारेको देख्‍नेछु। मानिसमा भर पर्नुभन्दा परमप्रभुमा भरोसा गर्नु अझै असल हो। मानिसका अगुवाहरूमा भर पर्नुभन्दा परमप्रभुमा भरोसा गर्नु अझै असल हो। धेरै शत्रुहरू मेरा चारैपट्टि थिए, तर परमप्रभुको शक्तिले मैले तिनीहरूलाई नाश गरें। हरेक दिशाबाट तिनीहरूले मलाई घेरेका थिए, तर मैले तिनीहरूलाई परमप्रभुको शक्तिद्वारा नाश गरें। मौरीझैँ तिनीहरू मेरा चारैपट्टि भुनभुन गरी उड्दथे, तर काँडाका बोटमा लागेको आगोजस्‍तै ती डढिगए, मैले परमप्रभुको शक्तिद्वारा तिनीहरूलाई नाश पारें। डरलाग्‍दो प्रकारले ममाथि हमला भयो र मैले हार्न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।

भजनसंग्रह 118 पढ्नुहोस्