YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 118:1-13

भजनसंग्रह 118:1-13 NNRV

परमप्रभुमा धन्‍यवाद चढ़ाओ, किनभने उहाँ भलो हुनुहुन्‍छ, र उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ। इस्राएलले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।” हारूनको वंशले भनोस्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।” परमप्रभुको भय मान्‍नेहरूले भनून्‌, “उहाँको करुणा सदासर्वदा रहिरहन्‍छ।” मनको वेदनामा मैले परमप्रभुलाई पुकारें, र उहाँले मलाई जवाफ दिनुभयो, र मलाई मुक्त गर्नुभयो। परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, म भयभीत हुँदिनँ, मानिसले मलाई के गर्न सक्‍छ र? परमप्रभु मेरो साथमा हुनुहुन्‍छ, उहाँ मेरा सहायक हुनुहुन्‍छ। म मेरा शत्रुहरूलाई विजयको दृष्‍टिले हेर्नेछु। परमप्रभुको शरण लिनु मानिसहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ। परमप्रभुको शरण लिनु शासकहरूमाथि निर्भर गर्नुभन्‍दा उत्तम हुन्‍छ। सबै जातिहरूले मलाई घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें। तिनीहरूले मलाई हरेक दिशाबाट घेरे, तर परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें। तिनीहरूले मलाई मौरीहरूले झैँ छोपे, तर काँढ़ाहरूमा लागेको आगोजस्‍तो शीघ्र निभिगए। परमप्रभुको नाउँमा मैले तिनीहरूलाई नष्‍ट पारें। म बलपूर्वक पछाडि घचेटिएँ र लड्‌न लागेको थिएँ, तर परमप्रभुले मलाई सहायता गर्नुभयो।