YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 104:18-35

भजनसंग्रह 104:18-35 NERV

उच्च पर्वतहरू जंङ्गली बाख्राहरूको लागि घर हुन्। विशाल चट्टानहरू खरायोहरूको लागि लुक्ने ठाउँ हुन्। परमेश्वर जब बिदाहरू प्रारम्भ हुन्छ तपाईंले हामीलाई दर्शाउनुका लागि जुन दिनुभयो। अनि घामले कहिले अस्ताउनु पर्छ त्यो जान्दछ। तपाईंले अन्धकार पार्नु भयो रात हुनलाई, त्यस समय जङ्गली पशुहरू बाहिर निस्कन्छन् र चारैतिर घुम्दछन्। सिंहहरूले आक्रमण गर्दा परमेश्वरलाई आहार मागे झै गरी गर्जन्छन जुन उहाँले तिनीहरूको निम्ति व्यवस्था गरिदिनु हुन्छ। त्यसपछि घाम उदाउँछ, अनि पशुहरू आफ्ना घर तर्फ फर्कन्छ अनि विश्राम गर्दछन्। तब मानिसहरू आफ्नो काम धन्दा तिर लाग्दछन् अनि साँझ सम्म काम गरि रहन्छन्। हे परमप्रभु, तपाईंले धेरै चकित थोकहरू गर्नुभयो। पृथ्वी त्यही थोकहरूले भरिपूर्ण भई भरिएको छ। हामी जताततै प्रत्येक थोकमा तपाईंको बुद्धिमता देख्छौं। समुद्रलाई हेर त्यो कति ठूलो छ। अनगन्ती प्राणीहरूले त्यो भरिएकोछ। त्यहाँ ससाना र विशाल अनगन्ति प्राणीहरू छन्। त्यस समुद्रमा जहाजहरू चल्दछ, लिब्यातान समुद्रमा खेल्छ। महा-सागरमा समुद्री प्राणी तपाईंले सृष्टि गर्नुभयो। परमेश्वर, ती सारा जीवित प्राणीहरू तपाईंमा आश्रित छन् तपाईंले ठीक समयमा तिनीहरूलाई भोजन दिनुहुन्छ। परमेश्वर, तपाईंले सारा प्राणीहरूलाई भोजन दिनुहुन्छ। तपाईंले आफ्ना हातहरू खोलेर, राम्रो पौष्टिक भोजन दिनुहुन्छ, अनि तृप्त नहुन्जेलसम्म तिनीहरू खान्छन्। जब तपाईं तिनीहरूबाट टाढा फर्किनुहुन्छ, तिनीहरू भयभीत हुन्छन्। तिनीहरूका आत्माले तिनीहरूलाई छोड्छ, तिनीहरू कमजोर भएर मर्छन् अनि तिनीहरूका शरीरहरू फेरि धूलोको कण नै बन्दछन्। तर हे परमप्रभु, जब तपाईंले आफ्नो आत्मा पठाउनु हुन्छ, अनि तिनीहरू स्वास्थ्य हुन्छन्। अनि तपाईंले फेरि भूमि नयाँ बनाउनु हुन्छ। परमप्रभुको महिमा अनवरत अनन्त रहीरहोस्! उहाँले सृजना गर्नुभएको कुराहरूमा उहाँ आनन्दित होउन्। परमप्रभुले पृथ्वी तिर मात्र हेरि दिंदा पनि त्यो कम्पन हुनेछ। उहाँले पर्वतहरूलाई छोडदिंदा मात्र तिनीहरूबाट धुवाँ उड्न थाल्छ। मेरो जीवनभरी परमप्रभुको प्रशंसाको गीत गाउनेछु। जबसम्म म बाँच्छु परमप्रभुको प्रशंसा गरिरहेने छु। भरोसा छ मेरो यी शब्दहरूले उहाँलाई खुशी पार्नेछ। म परमप्रभुसित खुशी छु। पृथ्वीबाट पापहरू हटी जाओस्। दुष्ट मानिसहरू सदाको लागि हराएर जाऊन्।

भजनसंग्रह 104 पढ्नुहोस्