अग्ला पहाडहरूमा जङ्गली बाख्राहरू बस्छन् र न्याउरी मुसाहरू चट्टानका चेपमा लुक्दछन्। तपाईंले महिनाहरू छुट्ट्याउन जून बनाउनुभयो, घामले आफ्नो अस्ताउने समय जान्दछ। तपाईंले रात बनाउनुभयो र अँध्यारोमा सबै जङ्गली पशुहरू बाहिर निस्कन्छन्। परमेश्वरले दिनुभएको आहार खोज्दै शिकार गर्दा सिंहहरू गर्जन्छन्। घाम उदाउँदा तिनीहरू फर्की जान्छन् र आफ्ना गुफामा सुत्छन्। तब मानिसहरू आफ्ना काम गर्न निस्कन्छन् र साँझसम्म काम गरिरहन्छन्। परमप्रभु, तपाईंले यति धेरै चीजहरू बनाउनुभएको छ, कस्तो महान् बुद्धिले तपाईंले ती सबै बनाउनुभयो, तपाईंको सृष्टिले यो पृथ्वी भरिएको छ। ठूला-साना, अनगन्ती जीवजन्तुहरू बास गर्नलाई ठूला र चौडा महासागर छन्। त्यसमा जहाजहरू चल्दछन् र तपाईंले बनाउनुभएको जल-जन्तु लिव्यातन् त्यहाँ खेल्दछ। आफूलाई चाहेका बेलामा आहार पाउन तिनीहरू सबै तपाईंमा भर पर्दछन्। तपाईंले आहार दिनुहुन्छ र तिनीहरूले खान्छन्, तपाईंले दिनुभएको आहारले तिनीहरू अघाउँदछन्। जब तपाईंले आफ्नो मुहार फर्काउनुहुन्छ, तिनीहरू डराउँछन्, जब तपाईंले तिनीहरूको सास रोक्नुहुन्छ, तिनीहरू मर्दछन् र जुन धुलोबाट तिनीहरू आएका थिए, त्यहीँ फर्किजान्छन्। तर जब तपाईंले तिनीहरूलाई सास दिनुहुन्छ, तिनीहरूको सृष्टि हुन्छ, तपाईं पृथ्वीलाई नयाँ जीवन दिनुहुन्छ। परमप्रभुको महिमा सदाकाल रहोस्! परमप्रभु आफ्ना सृष्टिसँग प्रसन्न रहून्! उहाँले पृथ्वीलाई हेर्नुहुन्छ र त्यो काँप्दछ, उहाँले पहाडहरूलाई छुनुहुन्छ र तिनले धुवाँ निकाल्दछन्। म जीवनभरि परमप्रभुको निम्ति भजन गाउनेछु; म जतिञ्जेल बाँचूला, म मेरा परमेश्वरको प्रशंसा गाउनेछु। उहाँ मेरा भजनसँग प्रसन्न होऊन् किनभने मेरो आनन्द उहाँबाट आउँदछ। पापीहरू पृथ्वीबाट नाश होऊन्; दुष्टहरूको नाम-निशाना मेटिओस्। परमप्रभुको प्रशंसा गर्, हे मेरो प्राण!
भजनसंग्रह 104 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: भजनसंग्रह 104:18-35
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू