YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 3:1-10

गन्तीको पुस्तक 3:1-10 NERV

परमप्रभुले सीनै पर्वतमा मोशासँग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो। हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो। हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो। नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगोद्वारा बलिचढाएको पापले सीनै मरुभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो। परमप्रभुले मोशालाई भन्नुभयो, “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्। लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्। भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्। “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ। “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”