YouVersion लोगो
खोज आइकन

गन्ती 3:1-10

गन्ती 3:1-10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

परमप्रभुले मोशासँग सीनै पर्वतमा कुरा गर्नुभएको समयमा हारून र मोशाका परिवारका विवरण यही हो। हारूनका छोराहरूका नाउँ यी नै हुन्‌: जेठा नादाब, अबीहू, एलाजार र ईतामार। हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्‌। तर नादाब र अबीहू सीनैको उजाड़-स्‍थानमा परमप्रभुको सामुन्‍ने अपवित्र आगोले बलि चढ़ाउँदा उहाँकै सामुन्‍ने मरे, अनि तिनीहरूका सन्‍तान थिएन। त्‍यसैले एलाजार र ईतामार मात्र आफ्‍ना बुबा हारूनको जीवनकालमा पूजाहारीको सेवा गर्थे। परमप्रभुले मोशालाई भन्‍नुभयो, “लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्‍यसलाई सहायता गरून्‌। पवित्र वासस्‍थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्‍ति भेट हुने पालमा कामकाज गर्नेछन्‌। भेट हुने पालको सबै सामानको जिम्‍मा तिनीहरूले लिनेछन्, र पवित्र वासस्‍थानको काम गरेर इस्राएलीहरूको दायित्‍व पूरा गर्नेछन्‌। इस्राएलीहरूबाट विशेष रूपले छुट्ट्याइएका हुनाले लेवीहरू हारून र त्‍यसका छोराहरूलाई दिइहाल्‍नू। तैंले हारून र त्‍यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्‌। तिनीहरूबाहेक अन्‍य कोही पवित्रस्‍थानको नजिक आए त्‍यो मानिस मारिओस्‌।”

शेयर गर्नुहोस्
गन्ती 3 पढ्नुहोस्

गन्ती 3:1-10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

याहवेह मोशासँग सीनै पर्वतमा बोल्नुभएको समयमा, मोशा र हारूनका परिवारको विवरण यही हो। हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए। पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्। सीनैको उजाडस्थानमा याहवेहले निषेध गर्नुभएको आगोमा उहाँको अगि भेटी चढाउँदा याहवेहको सामु नादाब र अबीहूको मृत्यु भयो। तिनीहरूका छोराहरू थिएनन्; त्यसकारण एलाजार र ईतामारले आफ्ना बुबा हारूनको जीवनकालभरि पुजारीको रूपमा सेवा गरे। याहवेहले मोशालाई भन्‍नुभयो, “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्। तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्। तिनीहरूले भेट हुने पालका सबै सरसामानहरूको रेखदेख गरून्। समागम पालको काम गर्दै इस्राएलीहरूप्रतिको दायित्व पूरा गरून्। लेवीका मानिसहरू हारून र उसका छोराहरूलाई सुम्पिदिनू। तिनीहरूले सम्पूर्ण इस्राएलीहरूको तर्फबाट पूर्ण रूपले हारूनलाई सुम्पनुपर्छ। हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”

शेयर गर्नुहोस्
गन्ती 3 पढ्नुहोस्

गन्ती 3:1-10 पवित्र बाइबल (NERV)

परमप्रभुले सीनै पर्वतमा मोशासँग कुरा गर्नुहुँदा हारून र मोशाको परिवारको विवरण यस्तो थियो। हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो। हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो। नादाब र अबीहू परमप्रभुको सेवामा रहेको समय मै अपवित्र आगोद्वारा बलिचढाएको पापले सीनै मरुभूमिमा मरे। तिनीहरूको कुनै छोरो थिएन, यसकारण एलाजार र ईतामारले पूजाहारीका स्थान लिएर परमप्रभुको सेवामा लागे। तिनीहरूका बाबु हारूनको जीवन कालमा नै यस्तो घटना घट्यो। परमप्रभुले मोशालाई भन्नुभयो, “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्। लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्। भेट हुने पालको सबै सर-समानहरूको सुरक्षा तिनीहरूले गर्नेछन् अनि त्यस पालभित्रको दायित्वपूर्ण काम गर्नेछन्। “लेवीहरू सबै इस्राएलीहरूबाट चुनिएका हुन्। तिनीहरूलाई हारून र तिनका छोराहरूको सहायकहरूको रूपमा दिनु पर्छ। “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”

शेयर गर्नुहोस्
गन्ती 3 पढ्नुहोस्

गन्ती 3:1-10 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

परमप्रभु मोशासित सीनै पर्वतमा बोल्‍नुभएको समयमा हारून र मोशाका सन्‍तान यिनीहरू थिए। हारूनका चार भाइ छोराहरू थिए, जेठो नादाब, अबीहू, एलाजार र ईतामार। तिनीहरू पूजाहारीका रूपमा अभिषेक गरिएर खटाइएका थिए। तर सीनैको उजाड-स्‍थानमा परमप्रभुलाई अपवित्र आगो चढाएको कारणले नादाब र अबीहू मारिएका थिए। तिनीहरूका सन्‍तान थिएनन्। यसकारण हारूनको जीवनकालमा एलाजार र ईतामारले पूजाहारी काम गर्थे। परमप्रभुले मोशालाई भन्‍नुभयो, “लेवीका कुललाई ल्‍याएर पूजाहारी हारूनका सेवक हुनलाई नियुक्त गर्‌। तिनीहरूले म बास गर्ने पवित्र पालको काम गर्नेछन् अनि त्‍यहाँ हुने सेवाकार्यमा पूजाहारीहरूलाई सघाउनेछन् र सारा समाजका अरू आवश्‍यक धार्मिक कामहरू गर्नेछन्। तिनीहरूले पवित्र पालका सर-सामानको जिम्‍मा लिनेछन् र बाँकी सबै इस्राएलीहरूका सेवा गर्नेछन्। लेवीहरूको एउटै जिम्माचाहिँ हारून र उनका छोराहरूको सेवा गर्नु हो। लेवीहरूको जिम्‍मेवारीमा हारून र त्‍यसका छोराहरूलाई खटाउनू, अरू कसैले त्‍यो काम गर्न खोज्‍यो भने त्‍यो मर्नेछ।”

शेयर गर्नुहोस्
गन्ती 3 पढ्नुहोस्