गन्‍ती 3:1-10

गन्‍ती 3:1-10 सरल नेपाली

परमप्रभु मोशासित सीनै पर्वतमा बोल्‍नुभएको समयमा हारून र मोशाका सन्‍तान यिनीहरू थिए। हारूनका चार भाइ छोराहरू थिए, जेठो नादाब, अबीहू, एलाजार र ईतामार। तिनीहरू पूजाहारीका रूपमा अभिषेक गरिएर खटाइएका थिए। तर सीनैको उजाड-स्‍थानमा परमप्रभुलाई अपवित्र आगो चढाएको कारणले नादाब र अबीहू मारिएका थिए। तिनीहरूका सन्‍तान थिएनन्। यसकारण हारूनको जीवनकालमा एलाजार र ईतामारले पूजाहारी काम गर्थे। परमप्रभुले मोशालाई भन्‍नुभयो, “लेवीका कुललाई ल्‍याएर पूजाहारी हारूनका सेवक हुनलाई नियुक्त गर्‌। तिनीहरूले म बास गर्ने पवित्र पालको काम गर्नेछन् अनि त्‍यहाँ हुने सेवाकार्यमा पूजाहारीहरूलाई सघाउनेछन् र सारा समाजका अरू आवश्‍यक धार्मिक कामहरू गर्नेछन्। तिनीहरूले पवित्र पालका सर-सामानको जिम्‍मा लिनेछन् र बाँकी सबै इस्राएलीहरूका सेवा गर्नेछन्। लेवीहरूको एउटै जिम्माचाहिँ हारून र उनका छोराहरूको सेवा गर्नु हो। लेवीहरूको जिम्‍मेवारीमा हारून र त्‍यसका छोराहरूलाई खटाउनू, अरू कसैले त्‍यो काम गर्न खोज्‍यो भने त्‍यो मर्नेछ।”

गन्‍ती 3 पढ्नुहोस्