बीसौं बर्षको नीशान महीना आर्ट-जारसेज शासनको समय जब उनको अघि दाखरस ल्याएको थियो। मैले दाखरस लिएँ अनि राजालाई दिएँ। आज भन्दा अघि म उहाँको उपस्थितिमा उदासी भएको थिइनँ। यसर्थ राजाले मलाई भन्नुभयो, “तिम्रो अनुहार किन नराम्रो देखिइरहेको छ यद्यपि तिमी विरामी छैनौ? मलाई लाग्छ यो केवल हृदयको दुःख हो अरू केही पनि होइन।” तब म अत्यन्तै डराएँ। मैले राजालाई भने, “राजा सदैव जीवित रहुन्। मेरो अनुहार किन उदास नहुनु जब त्यो शहर जहाँ मेरो पिता-पुर्खाहरू गाढिएका थिए। त्यो भग्नावशेष मात्र छ अनि त्यसका द्वारहरू आगोले नष्ट भएकाछन्।” तब राजाले मलाई भन्नुभयो, “त्यो के हो जो तिमी चाहन्छौ।” तब मैले स्वर्गका परमेश्वरसित प्रार्थना गरें र राजालाई भनें, “यदि राजालाई खुशी लाग्छ भने तथा यदि तपाईंको सेवकले तपाईंलाई खुशी तुल्याएको भए मलाई यहूदामा पठाइदिनु होस् जहाँ मेरो पिता-पुर्खाहरू गाडिएकाछन्। म त्यसको पुनःर्निर्माण गर्नसकुँ।” तब राजाले उनको छेउमा बसेकी रानी साथ मलाई भन्नुभयो, “तिम्रो यात्रा कति लामो हुन्छ अनि तिमी कहिले फर्कन्छौ?” यसर्थ मलाई पठाउन राजा खुशी हुनु भयो, जब मैले उनलाई कतिलामो समयको निम्ति म जान्छु सो बताएँ। तब मैले राजालाई भनें, “यदि यसले राजालाई खुशी पार्छ भने यूफ्रेटिस नदी पश्चिमका राज्यपालहरूलाई सम्बोधित पत्रहरू मलाई दिइयोस्, ताकि तिनीहरूले मलाई यहूदा नपुगुन्जेल नदी पारी सम्म जान दिनेछन्। अनि राजाको जङ्गलका रक्षक असापलाई दिने असापको ठेगाना भएको पत्र मलाई दिइयोस्, जसद्वारा उसले मलाई मन्दिरको किल्लाका द्वाराहरू, शहरका पर्खालहरू। अनि मेरो घर बनाउनका निम्ति काठहरू दिनेछन्।” अनि राजाले मलाई मैले जे मागेको थिएँ दिनु भयो किनभने परमेश्वर म प्रति दयालू हुनु हुन्थ्यो। यसकारण म यूफ्रेटिस नदी पश्चिमका राज्यपाल कहाँ गएँ, अनि तिनीहरूलाई राजाका पत्रहरू दिएँ। राजाले मेरो साथ सैनिक अधिकारीहरू अनि घोडसवारहरू पठाउनु भएको थियो।
नहेम्याहको पुस्तक 2 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: नहेम्याहको पुस्तक 2:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू