येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो। “केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए। फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्। फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए। “अब त्यस मानिससँग खेतीवालहरूकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्। “तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ। तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए। “यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ। निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला: ‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै, कुनाको ढुङ्गा बनेको छ। परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’” ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए। त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रन चाहन्थे। फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनुभएको छ। हामीलाई भन्नुहोस्: के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?” तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।” तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।” अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।
मर्कूसको सुसमाचार 12 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मर्कूसको सुसमाचार 12:1-17
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू