YouVersion लोगो
खोज आइकन

मर्कूस 12:1-17

मर्कूस 12:1-17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

उहाँले तिनीहरूलाई दृष्‍टान्‍तहरूमा भन्‍न लाग्‍नुभयो: “एक जना मानिसले दाखबारी लगाएर त्‍यसको वरिपरि बार लगाए, र कोलको निम्‍ति एउटा खाल्‍डो खने। अनि एउटा मचान बनाएर तिनले दाखबारी मोहीहरूलाई कमाउन दिए, र आफूचाहिँ परदेश लागे। फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए। तर तिनीहरूले त्‍यसलाई पक्रेर पिटे र रित्तै हात पठाए। फेरि तिनले तिनीहरूकहाँ अर्को नोकरलाई पठाए, तर तिनीहरूले त्‍यसको टाउकोमा हिर्काए र त्‍यसको बेइज्‍जत गरे। मालिकले अझै अर्कालाई पठाए, तर त्‍यसलाई तिनीहरूले मारे, र अरू धेरैलाई पनि पठाए, तर तिनीहरूले कसैलाई पिटे र कसैलाई मारे। “तिनको अब एक जना थियो— तिनका प्रिय पुत्र। ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्’ भनेर सबैभन्‍दा पछि तिनले उनैलाई तिनीहरूकहाँ पठाए। “तर ती मोहीहरूले आपसमा भने, ‘यो त उत्तराधिकारी हो। आओ, हामी यसलाई मारौं, र हक हाम्रो नै हुनेछ।’ अनि तिनीहरूले उनलाई पक्रेर मारे, र दाखबारीको बाहिर फ्‍याँकिदिए। “तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्‌। के तिमीहरूले धर्मशास्‍त्रको यो वचन पढ़ेका छैनौ? ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे त्‍यहीचाहिँ कुनाको शिर-ढुङ्गा बन्‍यो, यो परमप्रभुबाट भएको हो, अनि हाम्रो दृष्‍टिमा यो आश्‍चर्यमय छ।’ त्‍यसपछि तिनीहरूले उहाँलाई पक्रन खोजे, किनकि यो दृष्‍टान्‍त उहाँले तिनीहरूकै विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझे। तर तिनीहरू भीड़सँग डराएको कारणले उहाँलाई छोड़ेर गइहाले। पछिबाट उहाँलाई कुरामा फसाऔं भनेर तिनीहरूले फरिसीहरू र हेरोदीहरूमध्‍येका कोही व्‍यक्तिहरूलाई उहाँकहाँ पठाए। तिनीहरू आएर उहाँलाई भने, “गुरुज्‍यू, हामी जान्‍दछौं, तपाईं साँचो हुनुहुन्‍छ, र कसैको वास्‍ता गर्नुहुन्‍न। किनकि तपाईं मुख हेरेर काम गर्नुहुन्‍न, तर परमेश्‍वरको मार्ग साँचो रीतिले सिकाउनुहुन्‍छ। भन्‍नुहोस्, कैसरलाई कर तिर्नु न्‍यायसङ्गत छ कि छैन? हामी कर तिरौं कि नतिरौं?” येशूले तिनीहरूको कपटीपन थाहा पाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन मलाई परीक्षा गर्दछौ? एउटा दिनार ल्‍याएर देखाओ।” तिनीहरूले एउटा सिक्‍का ल्‍याए। उहाँले तिनीहरूलाई भन्‍नुभयो, “यो तस्‍वीर र छाप कसको हो?” तिनीहरूले उहाँलाई भने, “कैसरको।” तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “कैसरका चीजहरू कैसरलाई देओ, र परमेश्‍वरका चीजहरू परमेश्‍वरलाई।” तिनीहरूले उहाँसँग अचम्‍म माने।

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्

मर्कूस 12:1-17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

येशू तिनीहरूसित दृष्‍टान्तहरूमा बोल्न थाल्नुभयो: “एक जना मानिसले एउटा दाखबारी लगाए। तिनले त्यसको चारैतिर एउटा पर्खाल लगाए। कोलको लागि एउटा खाडल खने, र एउटा मचान बनाए। तब तिनले त्यो दाखबारी केही मोहीहरूलाई ठेक्‍कामा दिएर यात्रामा निस्के। कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। तर तिनीहरूले त्यसलाई पक्रेर पिटे, र त्यसलाई खाली हात फर्काए। तब तिनले अर्को सेवकलाई तिनीहरूकहाँ पठाए; तिनीहरूले त्यस मानिसलाई टाउकोमा हिर्काए र त्यसको बेइज्जत गरे। तिनले फेरि अर्कोलाई पठाए, तर त्यसलाई चाहिँ तिनीहरूले मारे। तिनले अरू धेरैलाई पठाए; जसमध्ये कतिलाई तिनीहरूले पिटे र कतिलाई चाहिँ मारे। “अब पठाउनको लागि तिनीसित एउटै मात्र छोरा थियो, जसलाई तिनले प्रेम गर्थे। अन्त्यमा तिनले यसो भन्दै उनलाई पठाए, ‘तिनीहरूले मेरा छोरालाई त आदर गर्लान्।’ “तर ती मोहीहरूले आपसमा भने, ‘यो त हकवाला हो; हामी यसलाई मारौँ, र सम्पत्तिको हक हाम्रो हुनेछ।’ यसरी तिनीहरूले त्यसलाई लगेर मारे, र दाखबारीको बाहिर फ्याँकिदिए। “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्। के तिमीहरूले धर्मशास्त्रको यो खण्ड पढेका छैनौ? “ ‘जुन ढुङ्गालाई भवन निर्माण गर्नेहरूले रद्द गरे, त्यही ढुङ्गा मुख्य ढुङ्गा भयो; यो प्रभुबाट भएको हो, र यो हाम्रा दृष्‍टिमा आश्‍चर्यको छ।’” तब तिनीहरूले उहाँलाई पक्रने उपाय खोज्न थाले; किनकि उहाँले त्यो दृष्‍टान्त तिनीहरूका विरुद्धमा भन्‍नुभएको हो भनी तिनीहरूले बुझे; तर तिनीहरू भीडसित डराए, र तिनीहरू उहाँलाई छोडेर गइहाले। केही समयपछि तिनीहरूले येशूलाई उहाँको वचनमा पक्रनको लागि केही फरिसी र हेरोदीहरूलाई उहाँकहाँ पठाए। तिनीहरूले उहाँकहाँ आएर भने, “हे गुरु, तपाईं इमानदार मानिस हुनुहुन्छ भनी हामी जान्दछौँ। तपाईं मानिसहरूद्वारा बहकाइनुहुन्‍न, किनकि तिनीहरू को हुन् भनी तपाईं ध्यान दिनुहुन्‍न; तर तपाईंले साँचो गरी परमेश्‍वरका मार्ग सिकाउनुहुन्छ। सिजरलाई कर तिर्नु उचित छ कि छैन? हामीले तिर्नुपर्छ कि पर्दैन?” तर येशूले तिनीहरूको कपट बुझ्नुभयो, र उहाँले सोध्नुभयो, “तिमीहरू किन मलाई फसाउने कोसिस गर्दैछौ? मकहाँ एउटा रोमी सिक्‍का ल्याओ, र मलाई त्यो हेर्न देओ।” तिनीहरूले सिक्‍का ल्याए, र उहाँले तिनीहरूलाई सोध्नुभयो, “यो चित्र कसको हो? अनि यो छाप कसको हो?” “सिजरको,” तिनीहरूले जवाफ दिए। तब येशूले तिनीहरूलाई भन्‍नुभयो, “जे सिजरको हो, त्यो सिजरलाई देओ, र जे परमेश्‍वरको हो, त्यो परमेश्‍वरलाई देओ।” अनि तिनीहरू उहाँसित छक्‍क परे।

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्

मर्कूस 12:1-17 पवित्र बाइबल (NERV)

येशूले मानिसहरूलाई सिकाउनलाई दृष्टान्तहरूको उपयोग गर्नु भयो। उहाँले भन्नुभयो, “कुनै एकजना मानिसले एउटा खेतमा दाख रोपे। त्यस एउटा कोल खोपे। त्यसपछि त्यसले एउटा मचान बनाए। त्यसले आफ्नो दाखबारी केही खेतीवालहरूलाई भाडामा दिए। त्यसपछि त्यो मानिस परदेश लाग्यो। “केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। तर खेतीवालाहरूलले त्यस नोकरलाई पक्रे अनि पिटे। तिनीहरूले नोकरलाई रितै हात फर्काइदिए। फेरि त्यस मानिसले अर्को नोकरलाई पठाए। खेतीवालाले त्यलाई टाउकोमा हिर्काए। तिनीहरूले त्यसलाई कुनै इज्जत गरेनन्। फेरि त्यस मानिसले अर्को नोकरलाई ती खेतीवालाहरूकहाँ फठाए। तर खेतीवाला हरूले त्यसलाई मारिदिए। त्यस मानिसले अरू धेरै नोकरहरूलाई पठाए। तर खेतीवालाहरूले कतिजनालाई पिटे, अनि कतिजनालाई मारिदिए। “अब त्यस मानिससँग खेतीवालहरूकहाँ पठाउनलाई एउटै मात्र मानिस रहको थियो। त्यो मानिस, त्यही मानिसको पुत्र थियो। त्यस मानिसले छोरालाई माया गर्थ्यो। तर पनि त्यसले आफ्ना छोरोलाई खेतीवालहरूकहाँ पठाउने निश्चय गरयो उसले पठाउन सक्ने त्यो मात्र अन्तिम मानिस थियो। त्यस मानिसले भन्यो, खेतीवालहरूले मेरो छोरोलाई त आदर गर्ने नै छन्। “तर खेतीवालहरूले आफूहरू माझ वहस गरे, यो मालिकको छोरो हो यो दाखबारी उसको हुन्छ। यसकारण हामी यसलाई मारौं तब यो दाखबारी हाम्रै हुनेछ। तब ती खेतीवालाहरूले छोरोलाई पक्रे, मारे अनि दाखबारीको बाहिर फ्याँकिदिए। “यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ। निश्चय नै तीमीहरूले धर्मशास्त्रमा यी वचनहरू पढेका हौला: ‘निर्मातहरूले अस्वीकार गरेका ढुङ्गाहरू नै, कुनाको ढुङ्गा बनेको छ। परमप्रभुले नै यस्तो गर्नु भएको हो, अनि हाम्रो निम्ति यो अचम्म भएको छ।’” ती यहूदी प्रमुखहरूले येशूले भन्नु भएको यो दृष्टान्त सुन्न पाए। तिनीहरूले यो दृष्टान्त तिनीहरूको आफ्नै बारेमा हो भन्ने बुझे। यसकारण कसरी हुन्छ येशूलाई पक्रने उपायमा तिनीहरूलागे। तर मानिसहरूदेखि तिनीहरूलाई डर पनि थियो। अनि ती यहूदी प्रमुखहरू येशूलाई छोडेर अन्यत्र कतै गए। त्यसपछि, यहूदी प्रमुखहरूले हेरोदीअन्स भन्ने दलका केही मानिसहरू र केही फरिसीहरूलाई येशू भएकहाँ पठाए। तिनीहरूले येशूलाई केही भूल गराएर पक्रन चाहन्थे। फरिसीहरू र हेरोदीअन्सहरू येशूकहाँ पुगे अनि भन्न लागे, “हे गुरूज्यू हामी जान्दछौं कि तपाईं एक इमान्दार मानिस हुनुहुन्छ। अरूले के भन्लान् भनेर तपाईं डराऊनु हुँदैन। सबै तपाईंको अघाडी एउटै हुन्। अनि तपाईंले परमेश्वरको मार्ग ठीकसित सिकाईरहनुभएको छ। हामीलाई भन्नुहोस्: के कैसरलाई कर बुझाउनु उचित छ? हामीले कर तिर्नु पर्ने हो कि नतिर्नु पर्ने हो?” तर येशूले तिनीहरूको कपट बुझ्नु भयो। उहाँले तिनीहरूलाई भन्नुभयो, “तिमीहरू मलाई किन जालमा पार्न खोज्दैछौ? मलाई एउटा चाँदीको सिक्का देऊ। म त्यसलाई हेर्न चाहन्छु।” तिनीहरूले येशूलाई एउटा सिक्का दिए अनि उहाँले सोध्नुभयो, “यो सिक्कामा कसको चित्र अंकित छ? अनि यसमा कसको नाउँ लेखिएको छ?” तिनीहरूले जवाफ दिए, “यो कैसरको चित्र हो अनि उसको नाउँ।” अनि येशूले तिनीहरूलाई भन्नुभयो, “कैसरको चीजहरू कैसरलाई नै देऊ, अनि परमेश्वरको चीजहरू परमेश्वरलाई नै देऊ।” ती येशूको कुरा सुनेर छक्क परे।

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्

मर्कूस 12:1-17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

येशूले तिनीहरूलाई दृष्‍टान्‍तको रूपमा यस्‍तो कथा भन्‍नुभयो, “एक जना मानिसले दाखबारी लगाए। उनले दाखबारीको चारैतिर बारहरू लगाइदिए एउटा खाडल खनेर दाख पेल्‍ने कोल बनाइदिए र त्‍यो दाखबारी कुर्ने मचान पनि बनाइदिए अनि त्‍यो दाखबारी मोहीहरूलाई जिम्‍मा दिएर आफूचाहिँ परदेशतिर लागे। “अङ्‌गुर पाकेपछि तिनले एक जना नोकरलाई आफ्‍नो भाग लिन पठाए। तर ती मोहीहरूले त्‍यस नोकरलाई कुटेर केही पनि नदिई फर्काइदिए। त्‍यसपछि बारीको धनीले अर्को नोकर पठाए, तर त्‍यसलाई पनि मोहीहरूले बेइज्‍जत गरेर टाउको फुटाइदिए। धनीले फेरि अर्को नोकर पठाए। त्‍यसलाई त मोहीहरूले मारिदिए। यसरी तिनीहरूले अरू धेरै नोकरहरू कतिलाई तिनीहरूले पिटे र कतिलाई मारे। “अब अन्‍तमा ती धनीको एउटै मात्र प्‍यारो छोरो बाँकी रहेको थियो। ‘मेरो छोरालाई त तिनीहरूले पक्‍कै आदर गर्नेछन्’ भन्‍ने ठानेर उनले आफ्‍नै छोरालाई मोहीहरूकहाँ पठाए। तर ती मोहीहरूले मतो गरेर यसो भने, ‘लौ त्‍यो त बारीको धनीकै छोरा हो। आओ, हामी त्‍यसलाई मारौं र सम्‍पत्ति हाम्रै हुनेछ।’ यसो भनेर तिनीहरूले उसलाई पक्रेर मारे अनि बारीबाट बाहिर लगेर फ्‍याँकिदिए। “अब त्‍यस बारीको धनीले तिनीहरूलाई के गर्लान् त? तिनी आफैं आएर ती दुष्‍ट मोहीहरूलाई पक्‍कै नै मार्नेछन् र आफ्‍नो बारी अरूहरूलाई कमाउन दिनेछन्। के तिमीहरूले धर्मशास्‍त्रमा लेखिएका यी कुरा पढेका छैनौ? डकर्मीहरूले काम लाग्‍दैन भनेर फ्‍याँकेको ढुङ्गा नै घरको जग बसाल्‍दाखेरि मुख्‍य ढुङ्गा भयो। त्‍यस्‍तो त परमप्रभु आफैंले गर्नुभएको हो, यो कति अचम्‍मको काम रहेछ,।” येशूले यो कुरा तिनीहरूकै विरोधमा भन्‍नुभएको हो भनेर यहूदी अगुवाहरूले बुझे। त्‍यसैले तिनीहरूले उहाँलाई पक्रन खोजे, तर भीडको डरले गर्दा तिनीहरूले उहाँलाई पक्रन सकेनन्। त्‍यसो हुँदा तिनीहरूले उहाँलाई छोडेर गए। त्‍यसपछि यहूदी अगुवाहरूले कति जना फरिसी र हेरोद राजाका केही मानिसहरूलाई कुरैकुरामा येशूलाई फसाउनू भनेर पठाए। उनीहरूले येशूकहाँ आएर भने, “हे गुरु, तपाईंले साँचो कुरा बोल्‍नुहुन्‍छ भनी हामीलाई थाहा छ। मानिसहरूले के भन्‍लान् भनेर तपाईंले वास्‍ता गर्नुहुन्‍न। तपाईंले कसैको मुख हेरेर कुरा गर्नुहुन्‍न। तपाईंले साँचोसित परमेश्‍वरको बाटो देखाउनुहुन्‍छ। तब हामीलाई भन्‍नुहोस्, व्यवस्थाअनुसार रोमी सरकारलाई कर बुझाउन ठीक छ कि छैन? हामीले कर बुझाऔं कि नबुझाऔं?” तिनीहरूले जाल रच्‍दै छन् भन्‍ने बुझेर येशूले भन्‍नुभयो, “जाली कुरा गरेर तिमीहरू मलाई किन फसाउन खोज्‍छौ? खै सिक्‍का ल्‍याओ, हेरौं!” तिनीहरूले उहाँलाई एउटा सिक्‍का ल्‍याएर दिए। अनि उहाँले तिनीहरूलाई सोध्‍नुभयो, “यो छाप र नाउँ कसको हो?” “यो त रोमी सरकारको हो,” तिनीहरूले जवाफ दिए। तब येशूले भन्‍नुभयो, “त्‍यसो भए सरकारको जति सरकारलाई देओ र परमेश्‍वरको जति परमेश्‍वरलाई देओ।” येशूको यस्‍तो जवाफ सुनेर तिनीहरू छक्‍कै परे।

शेयर गर्नुहोस्
मर्कूस 12 पढ्नुहोस्