त्यसको छ दिनपछि, येशू आफूसँग पत्रुस, याकूब अनि यूहन्ना (याकूबको दाज्यू) लाई लिएर एउटा अग्लो पर्वततिर लाग्नु भयो। तिनीहरू सुनसान ठाउँमा थिए। तिनिहरूको आँखा अघि, येशू परिर्वतन हुनुभयो। उहाँको मुहार घाम जस्तै चम्किलो भयो। अनि उहाँको पहिरन ज्योति जस्तै चम्किलो भयो। तब तिनीहरूले दुइजना मानिसहरूलाई येशूसँग बातचीत गरीरहेका देखे। तिनीहरू मोशा र एलिया थिए। पत्रुसले येशूलाई भने, “प्रभु, यो उत्तम हो कि हामी यहाँ छौं। यो उत्तम हो यदि तपाईं इच्छा गर्नुहुन्छ भने म यहाँ तीनवटा आश्रयहरू निर्माण गर्नेछु, एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति अनि एउटा चाहिँ एलियाको निम्ति।” जब पत्रुस कुरा गरिरहेका थिए, एक्कासि एक उज्यालो बादलले तिनीहरूलाई ढाकिहाल्यो। बादलबाट एउटा आवाज आयो। आवाज यस्तो थियो, “यी मेरा पुत्र हुन् अनि म यिनलाई प्रेम गर्दछु। म यिनीसित अति प्रसन्न छु। यिनको आज्ञा मान।” चेलाहरूले त्यो आवाज सुने। तिनीहरू खुबै डराए, अनि तिनीहरू घोप्टो परे। तर येशू आफ्ना चेलाहरूकहाँ आउनुभयो। अनि तिनीहरूलाई छुनु भयो। उहाँले भन्नुभयो, “उठ। तिमीहरू डराउनु पर्दैन।” चेलाहरूले पुलुक्क हेरे, तर कसैलाई देखेनन्। त्यहाँ येशू मात्र हुनुहुन्थ्यो। येशू र उहाँका चेलाहरू पहाडबाट ओर्लंदै थिए। उहाँले चेलाहरूलाई आज्ञा दिनुभयो, “पहाडमा तिमीहरूले देखेको त्यस घट्नाहरूको बारे मानिसको पुत्र मृत्युबाट बौरी नउठे सम्म कसैलाई केही नभन्नु। त्यसपछिमात्र तिमीहरूले देखेका कुराहरू मानिसहरूलाई भन्नू।” चेलाहरूले येशूलाई प्रश्न गरे, “किन व्यवस्थाका शास्त्रीहरूले ख्रीष्ट आउनुभन्दा पहिले एलिया आउनु पर्छ भनेका हुन्?” येशूले भन्नुभयो, “एलिया आँउदैछन् भनेर तिनीहरूले ठीकै भनेका हुन्। अनि यो साँच्चो हो कि एलिया आउनेछन् र सबै कुराको ठीकसित व्यवस्था गर्नेछन्। तर म तिमीहरूलाई भन्दछु, एलिया अघिनै आइसकेका छन् तर तिनीहरू उनलाई चिन्दैनन्। उनलाई तिनीहरूले आफूले जे चाहे त्यही गरे। त्यसरी नै मानिसका पुत्रले पनि तिनीहरूका हातबाट यातना पाउने छन्।” तब चेलाहरूले तिनीहरूलाई बप्तिस्मा दिने यूहन्नाको बारेमा भन्नुभएको रहेछ भनी बुझे।
मत्तीको सुसमाचार 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: मत्तीको सुसमाचार 17:1-13
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू