“परमप्रभुलाई डोलाउने अन्नको बिटा ल्याएको दिनबाट सात हप्ताहरू गन। सातौं हप्ताहरू पछिको आइतवार (त्यो पचास दिनपछि) तिमीहरूले परमप्रभुको निम्ति नयाँ अन्नको बलि ल्याउँनेछौ। त्यस दिन तिमीहरूले आफ्नो घरबाट दुइवटा खमीर मिसाएको रोटी ल्याउनु पर्छ खमीर अनि सोह्र बटुको पीठो प्रयोग गरेर यी रोटीहरू पकाऊ। त्यो डोलाउने बलिक लागि हुनेछ त्यो तिम्रो पहिलो उब्जनीबाट परमप्रभुको निम्ति अन्न बलि हुनेछ। “एउटा साँढे दुइवटा भेंडाहरू अनि सातवटा एक बर्षे पाठहरू अन्नबलि अनि अर्घबलिसित चढाउनु पर्नेछ। यी सबै पशुहरू निष्खोट हुनुपर्छ। यी पशुहरू आगोद्वारा जलाइने होमबलि हुनुपर्छ अनि यसको बास्नाले परमप्रभुलाई खुशी पार्नेछ। तिमीहरूले पापबलिको निम्ति एउटा बोका अनि दुइवटा एक बर्षे पाठाहरू पनि मैत्रीबलिको निम्ति चढाउनु पर्छ। “पूजाहारीले रोटीले तिनीहरूलाई परमप्रभुको अघि दुइवटा थुमाहरूसित डोलाउने तिनीहरू परमप्रभुको निम्ति पवित्र हुन्छ र ती सबै पूजाहारीको हुनेछ। तिमीहरूले त्यस दिन केही काम गर्ने हुँदैन अनि एउटा पवित्र सभा बोलाउनेछौ। यो नियम तिमीहरू घरहरूमा तिमीहरूको पुस्तौ-पुस्तासम्म चलि रहने छ। “जब तिमीहरू आफ्नो जमीनमा बाली उठाउँछौ खेतको कुना-कुनासम्म नउठाऊ अनि त्यसरी छोडीएको अन्न उठाउनु फर्केर नजाऊ। ती सब गरीबहरू तथा तिमीहरूको जमीन भएर जाने विदेशीहरूको निम्ति छोडी देऊ। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।” परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलका मानिसहरूलाई भन: सातौं महीनाको पहिलो दिन तिमीहरूको विशेष विश्रामको दिन हुन्छ र मानिसहरूलाई यो पवित्र सभा हो भनी सम्झाउन तुरही बजाऊ। तिमीहरू सामान्य काम नगर तिमीहरूले आगोद्वारा चढाउने बलि परमप्रभु कहाँ ल्याउँनेछौ।” परमप्रभुले मोशालाई भन्नुभयो, “प्रायश्चितको दिन सातौं महीनाको दशौं दिनमा पर्छ। त्यसदिन तिमीहरूले केही खानु हुँदैन अनि तिमीहरूले आगोद्वारा परमप्रभुलाई बलि चढाउनु पर्छ अनि पवित्र सभा गर्नुपर्छ। त्यस दिन तिमीहरूले केही काम गर्ने छैनौ, किनभने त्यो दिन तिमीहरूको प्रायश्चितको दिन हो। त्यसदिन पूजाहारी परमप्रभुको सामुने जानेछन् र तिमीहरूलाई पवित्र पार्न उत्सव गर्नेछन्। “यदि कुनै मानिसले यस दिनमा उपवास बस्न अस्वीकार गरे उसलाई उसका मानिसहरूबाट छुट्याउनु पर्छ। यदि कुनै मानिसले त्यस दिन केही काम गर्छ म उसलाई उसका मानिसहरूको बीचबाट शेष पार्नेछु। त्यसदिन तिमीहरूले कुनै काम गर्नु हुदैन अनि यो विधि तिमीहरू जहाँ बस्छौ त्यहाँ सधैँको निम्ति चालू रहनेछ। यो दिन तिमीहरूको निम्ति एक विशेष विश्रामको दिन हो र तिमीहरूले त्यस दिन केही खाने छैनौ। यो विशेष विश्रामको दिन त्यस महिनाको नवौं दिनको साँझबाट शुरू हुनेछ र भोलिपल्ट साँझसम्म रहनेछ।”
लेवीहरूको पुस्तक 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: लेवीहरूको पुस्तक 23:15-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू