श्रापित होस् त्यो मानिस जसले परमप्रभुको काम गर्न विलम्ब गरिरहेछ। धिक्कार छ त्यस मानिसलाई जसले ती मानिसहरू मार्न आफ्नो तरवार चलाँउदैन। “मोआबले अनिष्ट कहिल्यै देखेको छैन। मोआब ढुङ्ग्रोमा रहेको र एउटा भाँडादेखि अर्को भाँडामा नसारिएको दाखरस जस्तै छ। ऊ कैदी भएर कहिले पनि बसेको छैन, यसकारण ऊ पहिल्यै जस्तै ताजा नै छ, अनि उसको स्वादमा बद्ली आएको छैन।” तब परमप्रभु भन्नुहुन्छ, “हेर, समय आइरहेछ जब म, उसलाई तिम्रो भाँडाबाट खन्याउँन, अनि खाली भाँडाहरू टुक्रा-टुक्रामा परिणत गराउन मानिसहरू पठाउनेछु।” तब, मोआबका मानिसहरू कमोशले गर्दा लज्जित हुनेछन्। जसरी इस्राएलका मानिसहरूले झूटा देवता बेतेललाई विश्वास गरेका थिए। त्यही झूटा देवताले मद्दत नगर्दा तिनीहरू लज्जित भए। “तिमीहरू कसरी भन्न सक्छौ, ‘हामी बलिया सिपाहीहरू हौं अथवा हामी वीर योद्धाहरू हौं।’ शत्रुहरूले मोआबमाथि आक्रमण गर्नेछन्, र शहरभित्र पसेर तिनीहरूलाई ध्वंस पार्नेछन्। उसका खास जवान मानिसहरू हत्या गरेर मारिनेछन्।” यो सन्देश महाराजाको हो, उहाँको नाउँ सेनाहरूका परमप्रभु हो। “मोआबको अन्त नजिकै छ। मोआबलाई चाँडै ध्वंस पारिनेछ। मोआबका वरिपरि बस्ने मानिसहरू तिमीहरू सबैले त्यो देशको लागि विलाप गर्नुपर्नेछ। तिमीहरू जान्दछौ मोआब कति प्रसिद्ध छ। यसर्थ त्यसको लागि रूनु ‘मोआबको शक्तिशाली अनि महिमामय राजदण्ड पूर्णरूपले टुक्रियो।’ “तिमीहरू दीबोनमा बसिरहेका छौ। आफ्नो सम्मानपूर्ण ठाउँबाट झरेर आऊ सुखा जमीनमा बस, किनभने विनाश आइरहेछ, अनि उसले तिमीहरूको दरिलो शहरहरू भत्काइदिनेछ। “हे अरोएरमा बस्ने मानिसहरू हो। बाटोको किनारमा उभ र हेर, पुरूष मानिसहरू भागिरहेका हेर, स्त्री मानिसहरू भागिरहेका हेर, तिनीहरूलाई के भयो सोध। “मोआब धराशायी भएको छ लाजले पूर्ण भएको छ। विलौना गर अनि रोऊ। अर्नोन नदीमा गएर घोषणा गर कि मोआब ध्वंस भयो। समतल देशमाथि न्याय हुने समय आएको छ। होलोन, यहसा र मेपात शहरहरूमा न्याय गरिने समय आएकोछ। दीबोन, नबो बेत-दिबलातैम शहरहरूमा न्याय गरिने समय आएकोछ। किर्यातैम, बेतगामूल, बेत-मोन शहरहरूमा न्याय गरिने समय आएकोछ। करियोत र बोज्रा र छेउ, टाढाका अनि नजिकका मोआब सबै शहरहरूमा न्याय गरिने समय आएकोछ। मोआबको सिंग काटियो अनि मोआबको पाखुरा भाँचिएको छ।” परमप्रभुले यो कुरा भन्नुभयो। “मोआबले सम्झिएको थियो कि ऊ परमप्रभु भन्दा महान् हो। अत मोआबलाई पागल हुन्जेलसम्म सजाय देऊ। मोआब लडेर आफ्नै वान्तामा लटपटिने छ। मोआब मानिसहरूको हाँसोको पात्र हुनेछ। “मोआब तिमीले इस्राएलको हाँसो उडायौ इस्राएललाई एउटा चोरका समूहले पक्रे। प्रत्येक पल्ट तिमीहरूले इस्राएलको बारेमा बोल्दा आफ्नो टाउको हल्लायौ। अनि इस्राएलभन्दा असल छु भनी बाहना गर्यौ। मोआबका मानिसहरू हो आफ्नो शहरहरू छोड। जाऊ ढुङ्गाहरूमा बस, ढुकुर जस्तो होऊ, जसले ओढारको मुखमा आफ्नो गुँड बनाउँछ।” “हामीले मोआबको घमण्ड सुनेकाछौं, ऊ अत्यन्तै घमण्डी थियो। र उसले आफैं ठूलो हुँ भन्ने ठान्थ्यो। ऊ आफैं गर्वाम्बित थियो। ऊ अतिनै घमण्डी थियो।”
यर्मियाको पुस्तक 48 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: यर्मियाको पुस्तक 48:10-29
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू