YouVersion लोगो
खोज आइकन

इजकिएलको पुस्तक 22:1-12

इजकिएलको पुस्तक 22:1-12 NERV

परमप्रभुको वचन मलाई प्राप्त भयो। उहाँले भन्नुभयो, “हे मानिसको छोरो! के तिमी न्याय गर्छौ? के तिमी हत्याराहरूको शहरसित न्याय गर्छौ? के तिमी तिनीहरूसित त्यो डरलाग्दो कुराहरूको विषयमा भन्छौ जुन तिनीहरूले गरे? तिमीले भन्नुपर्छ, ‘परमप्रभु मेरो मालिक यसो भन्नुहुन्छ शहर हत्याराहरूले भरिएको छ। यसकारण यसको निम्ति दण्डको समय आइसकेको छ। त्यसले आफ्नो निम्ति अपवित्र मूर्तिहरू बनायौ अनि यी अपवित्र मूर्तिहरूले तिनीहरूलाई अपवित्र बनायो। “‘यरूशलेमका मानिसहरू, तिमीहरूले धेरै मानिसहरू मार्यौ। तिमीहरूले अपवित्र मूर्तिहरू बनायौं। तिमीहरू दोषी छौ अनि तिमीहरूलाई दण्ड दिने समय आइसकेको छ। तिम्रो अन्त आइसकेको छ। अन्य राष्ट्रहरूले तिम्रो हाँसो उडाउनेछन्। ती देशहरू तिमीमाथि हाँस्नेछन्। टाढा अनि नजिकका मानिसहरूले तिम्रो हाँसो उडाउने छन्। तिमीले आफैंलाई बदनाम गर्यौ। तिमी उपद्रोले भरीएका छौ। “‘हेर! यरूशलेममा प्रत्येक शासकले आफूलाई शक्तिशाली बनाएकोछ जसद्वारा तिनीहरूले अन्य मानिसहरूलाई मार्न सक्छन्। यरूशलेमका मानिसहरूले आफ्नो आमा बाबुको सम्मान गर्दैनन्। तिनीहरूले शहरहरूमा विदेशीहरूलाई सताउँछन तिनीहरूले टुहुरा-टुहुरी अनि विधवाहरूलाई पनि त्यो स्थानमा ठग्छन्। तिमीहरूले पवित्र चीजलाई घृणा गर्छौ। तिमीहरूले मेरो विश्रामको दिनलाई यस्तो मान्छौ मानौं त्यस दिनको कुनै महत्व छैन्। यरूशलेमका मानिसहरू अरू मानिसहरूको विषयमा झूटो बोल्छन्। यिनीहरूले यी निर्दोष मानिसहरूलाई मार्नका निम्ति गर्छन। मानिसहरू डाँडाहरूमाथि मूर्तिहरूलाई अपर्ण गरेका भोजहरू खान जान्छन्। “‘यरूशलेममा मानिसहरूले धेरै व्यभिचारी पापहरू गर्दैछन्। यरूशलेमका मानिसहरू आफ्नो पिताको पत्नीसँग व्यभिचार गर्छन्। यरूशलेमका मानिसहरू रजस्वलको समयमा पनि स्त्रीहरूसँग अशुद्ध सम्भोग गर्छन्। कसैले आफ्नो छिमेकीको पत्नीसित यस्तो डरलाग्दो पाप गर्छ। कसैले आफ्नो आफन्तहरूसँग पनि शरीरिक सम्बन्ध राख्छन् अनि उसलाई अपवित्र बनाउँछन् अनि कसैले आफ्नो बाबुकी छोरी अर्थात बहिनीसँग शारीरिक सम्बन्ध राख्छन्। यरूशलेममा तिमीहरूले, मानिसहरू मार्नको निम्ति पैसा लिन्छौ। तिमीहरूले ऋण दिन्छौ अनि त्यो ऋणको ब्याज लिन्छौ। तिनीहरू नाफा लिनकालागि आफ्ना छिमेकीहरूलाई दबाउँछौ। अनि तिमीहरूले मलाई बिर्सेकाछौ।’” परमप्रभु मेरो मालिकले यी कुराहरू भन्नुभयो।