“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्। यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ। यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख। तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ। “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन। तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ। तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरुभूमिसम्म हुनेछ। परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन। “आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ। आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ। तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ। “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ। यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।
व्यवस्थाको पुस्तक 11 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: व्यवस्थाको पुस्तक 11:18-32
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू