YouVersion लोगो
खोज आइकन

व्यवस्था 11:18-32

व्यवस्था 11:18-32 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

तिमीहरूले मेरा यी वचनहरू आफ्‍ना मन र हृदयमा राख। ती आफ्‍ना हातमा र निधारमा चिन्‍हहरू स्‍वरूप बाँध। आफ्‍नो घरमा बस्‍दा, बाटोमा हिँड्‌दा, ढल्‍कँदा र उठ्‌दा तिमीहरूले तिनीहरूका विषयमा चर्चा गरेर आफ्‍ना छोराछोरीहरूलाई सिकाओ। आफ्‍ना घरका द्वारको चौकोस र मूल ढोकाहरूमा ती लेख, ताकि परमप्रभुले तिमीहरूका पूर्वजहरूलाई दिने प्रतिज्ञा गर्नुभएको देशमा तिमीहरू र तिमीहरूका सन्‍तानहरू पृथ्‍वीमाथि आकाश रहुञ्‍जेल चिरायु होऊन्‌। परमप्रभु तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गमा हिँड्‌न र उहाँलाई समातिराख्‍न भनी मैले तिमीहरूलाई मान्‍नलाई दिएका यी सबै आज्ञा तिमीहरूले होशियारीसाथ पालन गर्‍यौ भने, परमप्रभुले यी सबै जातिलाई तिमीहरूका सामुन्‍नेबाट धपाउनुहुनेछ, र तिमीहरूभन्‍दा ठूला र सामर्थी जातिहरूलाई तिमीहरूले हराउनेछौ। तिमीहरूका पाइलाले टेकेको हरेक ठाउँ तिमीहरूको हुनेछ: उजाड़-स्‍थानदेखि लेबनानसम्‍म, र महानदी यूफ्रेटिसदेखि पश्‍चिमको समुद्रसम्‍मै तिमीहरूको सिमाना हुनेछ। तिमीहरूका सामु कोही पनि टिक्‍न सक्‍नेछैन। परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई भन्‍नुभएअनुसार तिमीहरू जहीँ गए पनि समस्‍त देशमा तिमीहरूको भय र त्रास भरिदिनुहुनेछ। हेर, आज म तिमीहरूका सामु आशिष्‌ र अभिशाप राख्‍दैछु। मैले आज तिमीहरूलाई आदेश दिएझैँ परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू पालन गर्‍यौ भने आशिष्‌ पाउनेछौ। र परमप्रभु तिमीहरूका परमेश्‍वरका आज्ञाहरू नमानेर तिमीहरूले नजानेका अन्‍य देवताहरूका पछि लागेर मैले आज आदेश गरेका मार्गबाट तर्क्‍यौ भने तिमीहरूले सराप पाउनेछौ। जब परमप्रभु तिमीहरूका आफ्‍ना परमेश्‍वरले तिमीहरू प्रवेश गर्ने देशमा तिमीहरूलाई ल्‍याउनुहुन्‍छ, तब तिमीहरूले आशिष्‌चाहिँ गीरीज्‍जीम डाँड़ामाथि र अभिशापचाहिँ एबाल डाँड़ामाथि घोषणा गर्नू। तिमीहरूलाई थाहै छ कि यी डाँड़ाहरू यर्दनको पारी, सड़कको पश्‍चिमपट्टि, घाम अस्‍ताउने दिशातिर, अराबामा बस्‍ने कनानीहरूको देशमा गिलगालको नजिक मोरेको ठूला वृक्षहरूका छेउमा छन्‌। तिमीहरू परमप्रभु तिमीहरूका परमेश्‍वरले दिनुहुने देश अधिकार गर्न यर्दन पारि जान लागेका छौ। जब तिमीहरू त्‍यस ठाउँलाई अधिकार गरी त्‍यहाँ बसिरहेका हुनेछौ, तब मैले आज तिमीहरूका सामुन्‍ने राखेका यी सबै विधिविधानहरू पालन गर्न ख्‍याल राख।

शेयर गर्नुहोस्
व्यवस्था 11 पढ्नुहोस्

व्यवस्था 11:18-32 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

मेरा यी वचनहरू तिमीहरूका हृदय र मनमा राख; यिनलाई तिमीहरूका आफ्ना हातमा र आफ्ना निधारमा चिन्हको रूपमा बाँधिराख। आफ्ना घरमा बस्दा, बाटोमा हिँड्दा, ढल्कँदा र उठ्दा यिनको विषयमा चर्चा गर्दै आफ्ना छोराछोरीहरूलाई सिकाओ। यी आज्ञाहरूलाई तिमीहरूका घरको ढोकाको चौकसमा र मूलढोकाहरूमा लेखिराख; ताकि याहवेहले तिमीहरूका पितापुर्खाहरूलाई दिन्छु भनी शपथ खानुभएको देशमा तिमीहरू र तिमीहरूका छोराछोरीहरू पृथ्वीमाथि आकाश रहुन्जेल बाँचिरहून्। यदि मैले तिमीहरूलाई दिइरहेका सबै आज्ञाहरू तिमीहरूले होसियारीसाथ पालन गर्‍यौ, याहवेह तिमीहरूका परमेश्‍वरलाई प्रेम गर्न, उहाँका सबै मार्गहरूमा आज्ञाकारी भई हिँड्न र उहाँमा लागिरहनका निम्ति सबै आज्ञाहरू पालन गर्‍यौ भने, याहवेहले यी सबै जातिहरूलाई तिमीहरूका सामुबाट धपाउनुहुनेछ; अनि तिमीहरूभन्दा ठूला र शक्तिशाली जातिहरूलाई तिमीहरूले अधीनमा लिनेछौ। तिमीहरूले आफ्ना खुट्टाले टेकेका हरेक ठाउँ तिमीहरूको हुनेछ: तिमीहरूको प्रान्त उजाडस्थानदेखि लेबनानसम्म र यूफ्रेटिस नदीदेखि भूमध्य सागरसम्म फैलिनेछ। कुनै पनि मानिस तिमीहरूको विरुद्धमा खडा हुन सक्नेछैन। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई प्रतिज्ञा गर्नुभएझैँ तिमीहरू जहाँ गए तापनि सारा देशभरि तिमीहरूको डर र आतङ्क हालिदिनुहुनेछ। हेर, मैले आज तिमीहरूका सामु आशिष् र श्राप राखिदिएको छु। मैले आज तिमीहरूलाई दिइरहेका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू यदि तिमीहरूले पालन गर्‍यौ भने आशिष् पाउनेछौ। तर यदि तिमीहरूले नजानेका अरू देवी-देवताहरूलाई पछ्याएर आज मैले तिमीहरूलाई दिएका याहवेह तिमीहरूका परमेश्‍वरका आज्ञाहरू तिमीहरूले पालन गरेनौ भने श्राप पाउनेछौ। जब याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूले अधिकार गर्न पस्‍न लागेको देशमा तिमीहरूलाई ल्याउनुहुनेछ, तब तिमीहरूले गीरीज्जीम डाँडामा आशिष् र एबाल डाँडामा श्राप घोषणा गर्नू। तिमीहरूलाई थाहै छ, यी पर्वतहरू गिलगालको छेउका अराबामा बस्‍ने कनानीहरूको प्रान्तमा मोरेको फलाँटहरूका छेउमा घाम अस्ताउने दिशापट्टि, बाटोको पश्‍चिम भागमा यर्दनको पारि छन्। याहवेह तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरू प्रवेश गर्न र त्यस देशमा अधिकार गर्नलाई यर्दन पार गर्न लागेका छौ। जब तिमीहरूले त्यस देशलाई अधीनमा लिएर त्यसमा बस्‍नेछौ, तब मैले आज तिमीहरूका अगि राखिदिएका सबै उर्दीहरू र व्यवस्थाहरू होसियारीसाथ पालन गर्नू।

व्यवस्था 11:18-32 पवित्र बाइबल (NERV)

“मैले दिएका यी आज्ञाहरू पालन गर। यी आज्ञाहरू हृदयमा राख। यी आज्ञाहरू लेखेर हातमा बाँध अनि निधारमा टाल जसले गर्दा तिमीहरूलाई यी आज्ञाहरू सम्झना भइरहोस्। यी कुराहरू तिमीहरू घरमा बस्दा, बाटोमा हिंड्दा, ढल्कँदा, उठ्दा सधैँ सम्झना गर। नानीहरूलाई पनि यी विधिहरू सिकाऊ। यी आदेशहरू ढोकाको चौकटहरूमा र घरको फाटकमा लेख। तब तिमी र तिमीहरूका नानीहरू धर्तीमा लामो अवधि बाच्नेछन् परमप्रभुले तिमीहरूका पुर्खाहरूलाई वचन दिनु भएको थियो। तिमीहरू तबसम्म बाँच्ने छौ जबसम्म धर्तीमाथि आकाश छ। “मैले तिमीहरूलाई बताएको आज्ञा पालन गर्न होशियार होऊ, परमप्रभु तिमीहरूका परमेश्वरलाई प्रेम गर, उहाँले सिकाएको मार्गमा चल अनि उहाँप्रति विश्वासी बन। तब, जब तिमीहरू त्यो भूमिमा बस्नु जानेछौ परमप्रभुले त्यहाँका अरू राष्ट्रहरूलाई उच्छेद गर्नु हुनेछ। तिमीहरूले तिमीहरू भन्दा शक्तिशाली र अधिक संख्यामा भएका मानिसहरूबाट त्यो भूमि लिने छौ। तिमीहरूले टेके जति भूमि तिमीहरू कै हुनेछ। तिमीहरूको भूमि पूर्वमा यूफ्रेटिस, नदीदेखि पश्चिममा भूमध्य सगारसम्म अनि उत्तरमा लबानोन दक्षिणमा मरुभूमिसम्म हुनेछ। परमप्रभुले तिमीहरूको निम्ति प्रतिज्ञा गर्नु भएको छ, जुन जुन ठाउँमा तिमीहरू जाने छौ त्यहाँका मानिसहरू तिमीहरूसित डराउनेछन् एक जना पनि तिमीहरूको विरोध गर्न उभिने छैन। “आज म तिमीहरूलाई केही रोज्ने मौका दिंदैछु, तिमीहरूले सराप र आशीर्वाद मध्ये एउटा रोज्नु सक्छौ। आज मैले तिमीहरूलाई बताएको परमप्रभु तिमीहरूका परमेश्वरको आज्ञाहरू सुनेर पालन गरे तिमीहरूले आशीर्वाद पाउनेछौ। तर परमप्रभु तिमीहरूका परमेश्वरले दिनु भएका आज्ञाहरू पालन गर्नु अस्वीकार गरे तिमीहरूले सराप पाउनेछौ। यसकारण आज मैले बताएको तरिकामा जीवन यापन गर्नु नछोड अरू देव-देवताहरू नपूज कारण तिमीहरूले परमप्रभुलाई चिन्छौ अरू देव-देवताहरूलाई चिन्दैनौ। “परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई त्यो भूमिसम्म पुग्नु डोर्याउनु हुनेछ र तिमीहरू चाँडै त्यहाँ पुग्नेछौ अनि भूमिमा अधिकार लिनेछौ। त्यो समयमा तिमीहरूले गीरिज्जीम डाँडामा गएर आशीर्वाद र एबाल डाँडामा गएर मानिसहरूलाई सराप घोषणा गर्नु पर्छ। यी पर्वतहरू मोरेका बजराँट रूखहरूको नजिक यर्दन घाँटीमा बसेका कनानहरूको भूमिमा अवस्थित छन् जो गिलगालबाट यर्दन नदीको पश्चिमतिर पर्छन्। परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिने भूमि लिन जब तिमीहरू यर्दन नदी पारि जान्छौ अनि जब यो भूमिमा दखल कायम गर्छौ तिमीहरूले नियम र विधिहरू साह्रै होशियारीसँग पालन गर्नुपर्छ जो आज तिमीहरूलाई बताउँछु।

शेयर गर्नुहोस्
व्यवस्था 11 पढ्नुहोस्

व्यवस्था 11:18-32 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

“यी आज्ञाहरूलाई याद राख र प्रेम गर। सम्‍झनाको लागि तिनलाई आफ्‍ना पाखुरामा बाँध र निधारमा लगाओ। ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। घरमा बस्‍दा वा टाढा जाँदा, विश्राम गर्दा वा काम गर्दा तिनका बारेमा चर्चा गर। तिम्रा घरको ढोकाको चौकोस र मूल-ढोकाहरूमा तिनलाई लेख। तब तिमीहरू र तिम्रा छोरा-छोरीहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा धेरै दिनसम्‍म बाँचिरहनेछौ। जबसम्‍म पृथ्‍वीमाथि आकाश रहनेछ, तबसम्‍म तिमीहरू बाँचिरहनेछौ। “मैले दिएका सबै नियमहरू विश्‍वासयोग्‍यसाथ मान। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर। उहाँले आज्ञा गरेका सबै कुरा गर, उहाँप्रति विश्‍वासी रहो। तब तिमीहरू अघि बढ्दा उहाँले ती सबै जातिहरूलाई धपाउनुहुनेछ र तिमीहरूभन्दा ठूला र बलिया जातिहरूका देश तिमीहरूले आफ्‍ना अधीनमा लिनेछौ। तिमीहरूले पाइला हालेका सारा जमिन तिम्रा हुनेछन्। तिम्रो देश दक्षिणमा उजाड-स्‍थानदेखि उत्तरमा लेबनानका पहाडहरूसम्‍म अनि पूर्वमा यूफ्रेटिस नदीदेखि पश्‍चिममा भूमध्‍य सागरसम्‍म फैलिनेछ। त्‍यस देशमा तिमीहरू जहाँ-जहाँ जाऔला, परमप्रभु परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार त्‍यहाँका मानिसहरूका मनमा तिमीहरूको डर हालिदिनुहुनेछ र कसैले तिमीहरूलाई रोक्‍न सक्‍नेछैन। “आज म तिमीहरूलाई आशिष् वा सराप चुन्‍ने मौका दिँदछु– मैले आज तिमीहरूलाई दिँदैगरेका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू मान्‍यौ भने तिमीहरूले आशिष् पाउँछौ; तर ती आज्ञाहरू मानेनौ र तिमीहरूले अघि कहिल्‍यै नपुजेका अरू देवताहरूलाई पूज्‍न मन फर्कायौ भने सराप पाउँछौ। जब तिमीहरूले अधीनमा लिन आँटेका देशमा परमप्रभुले तिमीहरूलाई पुर्‍याउनुहुन्‍छ, तब तिमीहरूले ठूलो सोरले गीरीज्‍जीम पहाडबाट आशिष् र एबाल पहाडबाट चाहिँ सराप सुनाउनू। (यी डाँडाहरू यर्दन नदीका पश्‍चिमपट्टि यर्दन बेसीमा बास गर्ने कनानीहरूका देशमा पर्छन्। ती डाँडाहरू गिलगाल सहरका छेउमा भएका मोरे गाउँका पवित्र रूखहरूका नजिकै पश्‍चिमपट्टि छन्।) तिमीहरूले यर्दन नदी तरी परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देश आफ्‍ना अधीनमा लिन आँटेका छौ। जब त्‍यसलाई अधीन गरी त्‍यहाँ बास गर्न थाल्‍नेछौ, तब यी मैले आज दिँदैगरेका नियमहरू तिमीहरूले निश्‍चय मान्‍नेछौ भनी सङ्कल्‍प गर।

शेयर गर्नुहोस्
व्यवस्था 11 पढ्नुहोस्