YouVersion लोगो
खोज आइकन

व्‍यवस्‍था 11

11
परमप्रभुको महान‌ता
1“परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर र उहाँका नियमहरू सधैँ पालन गर। 2परमप्रभुका साथमा तिमीहरूले उहाँका बारेमा के-के सिक्‍यौ र बुझ्‍यौ, सो आज याद गर। तिमीहरूका छोरा-छोरीले होइन तर तिमीहरू आफैंले नै यी कुराहरू चाल पाएका छौ। तिमीहरूले परमप्रभुको महान्‌ता, शक्ति, प्रताप 3#प्रस्‍थान 7:8—12:13र उदेकका कामहरू देख्‍यौ। मिश्रका सम्‍पूर्ण राज्‍यलाई र राजालाई उहाँले के गर्नुभयो, त्‍यो तिमीहरूले देख्‍यौ। 4#प्रस्‍थान 14:28तिमीहरूलाई खेद्दै आउँदा उहाँले कसरी मिश्री सेनालाई तिनका घोडा र रथहरूसमेत लालसमुद्रमा डुबाएर मार्नुभयो, त्‍यो तिमीहरूले देख्‍यौ। 5यहाँ तिमीहरू आइपुग्‍नुभन्दा अघि उजाड-स्‍थानमा परमप्रभुले तिम्रा लागि के गर्नुभयो, सो जान्‍दछौ। 6#गन्ती 16:31,32रूबेन कुलका एलीआबका छोराहरू दातान र अबीरामलाई उहाँले के गर्नुभयो, तिमीहरू याद गर्न सक्‍छौ। सबैले हेर्दाहेर्दै पृथ्‍वी फाट्यो र तिनीहरूलाई तिनका परिवार, पालहरू, नोकर-चाकर र जीव-जन्‍तुसहित निल्‍यो। 7अँ, परमप्रभुले गर्नुभएका यी सबै महान् कार्यहरू देख्‍ने तिमीहरू नै हौ।
प्रतिज्ञा गरिएको देशको आशिष्
8“आज मैले दिएका सबै नियमहरू मान। त्‍यसो भए तिमीहरू नदी पार गरी आफूले पस्‍न लागेको देश अधीनमा लिनेछौ। 9अनि तिमीहरू धेरै दिनसम्‍म परमप्रभुले तिम्रा पुर्खाहरू र तिनका सन्‍तानलाई प्रतिज्ञा गर्नुभएको मलिलो र धनी देशमा बास गर्नेछौ। 10तिमीहरूले अधीन गर्न लागेको देश मिश्रदेशजस्‍तो छैन, जहाँ तिमीहरू अघि बास गर्दथ्‍यौ। त्‍यहाँ बिउ छरेपछि खेतबारी भिजाउनलाई तिमीहरूले कडा मेहनत गर्नुपर्दथ्‍यो। 11तर तिमीहरू पस्‍न लागेको देश पहाड र बेसीहरूले भरिएको छ, जसलाई वर्षाको पानीले भिजाउँछ। 12परमप्रभु तिम्रा परमेश्‍वरले त्‍यस देशको हिफाजत गर्नुहुन्‍छ र वर्षभरि त्‍यसको रखवाली गर्नुहुन्‍छ।
13 # लेवी 26:3-5; व्यवस्था 7:12-16; 28:1-14 “यसर्थ अब मैले तिमीहरूलाई आज दिएका आज्ञाहरू मान। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर र आफ्‍नो पूरा हृदयले उहाँको सेवा गर। 14त्‍यसो गर्‍यौ भने चाहिएको बेलामा शरद् र वसन्‍त ऋतुमा उहाँले तिम्रा देशमा वर्षा पठाइदिनुहुनेछ र तिम्रा लागि अन्‍न, मद्य र जैतुनको तेल उब्‍जनेछन् 15र तिम्रा गाई-वस्‍तुको लागि घाँस पाइनेछ। तिमीहरूलाई चाहिएका सबै भोजन तिमीहरू पाउनेछौ। 16अरू देवताहरूलाई पुज्‍न र सेवा गर्नलाई तिमीहरू आफ्‍ना परमप्रभुदेखि टाढा नहोओ। 17त्‍यसो गर्‍यौ भने परमप्रभु तिमीहरूसित रिसाउनुहुनेछ। उहाँले वर्षा रोकिदिनुहुनेछ र तिमीहरूका जमिन सुख्‍खा हुनेछ र त्‍यहाँ केही अन्‍न उम्रनेछैन। तब उहाँले तिमीहरूलाई दिन लाग्‍नुभएको देश असल भए तापनि त्‍यहाँ तिमीहरू चाँडै मर्नुपर्नेछ।
18 # व्यवस्था 6:6-9 “यी आज्ञाहरूलाई याद राख र प्रेम गर। सम्‍झनाको लागि तिनलाई आफ्‍ना पाखुरामा बाँध र निधारमा लगाओ। 19ती तिम्रा छोरा-छोरीहरूलाई सिकाओ। घरमा बस्‍दा वा टाढा जाँदा, विश्राम गर्दा वा काम गर्दा तिनका बारेमा चर्चा गर। 20तिम्रा घरको ढोकाको चौकोस र मूल-ढोकाहरूमा तिनलाई लेख। 21तब तिमीहरू र तिम्रा छोरा-छोरीहरू परमप्रभु तिम्रा परमेश्‍वरले तिम्रा पुर्खाहरूलाई दिन्‍छु भनी प्रतिज्ञा गर्नुभएको देशमा धेरै दिनसम्‍म बाँचिरहनेछौ। जबसम्‍म पृथ्‍वीमाथि आकाश रहनेछ, तबसम्‍म तिमीहरू बाँचिरहनेछौ।
22“मैले दिएका सबै नियमहरू विश्‍वासयोग्‍यसाथ मान। परमप्रभु आफ्‍ना परमेश्‍वरलाई प्रेम गर। उहाँले आज्ञा गरेका सबै कुरा गर, उहाँप्रति विश्‍वासी रहो। 23तब तिमीहरू अघि बढ्दा उहाँले ती सबै जातिहरूलाई धपाउनुहुनेछ र तिमीहरूभन्दा ठूला र बलिया जातिहरूका देश तिमीहरूले आफ्‍ना अधीनमा लिनेछौ। 24#यहोशू 1:3-5तिमीहरूले पाइला हालेका सारा जमिन तिम्रा हुनेछन्। तिम्रो देश दक्षिणमा उजाड-स्‍थानदेखि उत्तरमा लेबनानका पहाडहरूसम्‍म अनि पूर्वमा यूफ्रेटिस नदीदेखि पश्‍चिममा भूमध्‍य सागरसम्‍म फैलिनेछ। 25त्‍यस देशमा तिमीहरू जहाँ-जहाँ जाऔला, परमप्रभु परमेश्‍वरले आफ्‍नो प्रतिज्ञाअनुसार त्‍यहाँका मानिसहरूका मनमा तिमीहरूको डर हालिदिनुहुनेछ र कसैले तिमीहरूलाई रोक्‍न सक्‍नेछैन।
26“आज म तिमीहरूलाई आशिष् वा सराप चुन्‍ने मौका दिँदछु– 27मैले आज तिमीहरूलाई दिँदैगरेका परमप्रभु तिम्रा परमेश्‍वरका आज्ञाहरू मान्‍यौ भने तिमीहरूले आशिष् पाउँछौ; 28तर ती आज्ञाहरू मानेनौ र तिमीहरूले अघि कहिल्‍यै नपुजेका अरू देवताहरूलाई पूज्‍न मन फर्कायौ भने सराप पाउँछौ। 29#व्यवस्था 27:11-14; यहोशू 8:33-35जब तिमीहरूले अधीनमा लिन आँटेका देशमा परमप्रभुले तिमीहरूलाई पुर्‍याउनुहुन्‍छ, तब तिमीहरूले ठूलो सोरले गीरीज्‍जीम पहाडबाट आशिष् र एबाल पहाडबाट चाहिँ सराप सुनाउनू। 30(यी डाँडाहरू यर्दन नदीका पश्‍चिमपट्टि यर्दन बेसीमा बास गर्ने कनानीहरूका देशमा पर्छन्। ती डाँडाहरू गिलगाल सहरका छेउमा भएका मोरे गाउँका पवित्र रूखहरूका नजिकै पश्‍चिमपट्टि छन्।) 31तिमीहरूले यर्दन नदी तरी परमप्रभु तिम्रा परमेश्‍वरले दिन लाग्‍नुभएको देश आफ्‍ना अधीनमा लिन आँटेका छौ। जब त्‍यसलाई अधीन गरी त्‍यहाँ बास गर्न थाल्‍नेछौ, 32तब यी मैले आज दिँदैगरेका नियमहरू तिमीहरूले निश्‍चय मान्‍नेछौ भनी सङ्कल्‍प गर।

अहिले सेलेक्ट गरिएको:

व्‍यवस्‍था 11: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्