पावलले यहूदी-महासभालाई हेरे अनि भने, “मेरा दाज्यू-भाइहरू हो, मैले आज सम्म मेरो जीवन राम्रो विचारमा नै बिताँए।” हनानिया, प्रधान पूजाहारी पनि त्यहाँ थिए। हननियाले पावलले भनेको सुने र मानिसहरूलाई पावलको मुखैमा हिर्काउन आदेश दिए जो पावलको छेउमा उभिएका थिए। पावलले हननियालाई भने, “परमेश्वरले पनि तिमीलाई हिर्काउनु हुनेछ। तिमी एक मैला भित्ता जस्तो छौ जुन सेतो रंगले पोतेको छ। मोशाको व्यस्था अनुसार मेरो न्याय गर्न तिमी त्यहाँ बसिरहेका छौ यद्यपि तिमी मलाई हिर्काउर्नें आदेश दिएर कानुन अमान्य गरिरहेका छौ।” पावलको छेउमा उभिरहेका मानिसहरूले भने, “तिमीले त्यसरी प्रभुको प्रधान पूजाहारीसँग बात गर्नु हुँदैन, तिमीले उनलाई निन्दा गरिरहेछौ!” पावलले भने, “दाज्यू-भाइहरू, मलाई थाहा थिएन कि उनी प्रधान पूजाहारी हुन्। धर्मशास्त्रमा यस्तो लेखिएको छ, ‘तिमीले तिम्रा मानिसहरूका अगुवाको विषयमा खराब कुराहरू गर्नु हुँदैन।’” सभामा कतिपय मानिसहरू सदुकिहरू थिए र अन्य फरिसीहरू थिए। यो सोचेर पावलले एउटा विचार निकाले। उनी महा-सभाप्रति चिच्याए, “मेरा दाज्यू-भाइहरू, म फरसीको छोरो फरसी हुँ। म यहाँ मुद्दामा छु किनभने म विश्वास गर्छु मानिसहरू मृत्युबाट बौरी उठ्ने छन्!” जब पावलले त्यसो भने, त्यहाँ फरिसी र सदुकीहरू माझ गहन तर्क शुरु हुन थाल्यो। सभा दुइ दलमा विभाजन भयो। सदुकीहरूको विश्वास थियो मानिसहरू मरे पछि तिनीहरू फेरि जिउँदो हुँदैनन्, अनि स्वर्गदूत अथवा आत्मा हुँदैन। तर फरिसीहरू यी सबैमा विश्वास गर्छन्। ती सबै जना यहूदीहरू जोड-जोडले चिच्याउन थाले। कतिपय शास्त्रीहरू, जो फरसीहरू थिए, उभिए र तर्क गरे, “हामीले यस मानिसको विरुद्ध कुनै गल्ती पाएनौं। हुन सक्छ दमीशकको बाटोमा स्वर्गदूतले अथवा आत्माले उसँग बोल्यो होला!” तर्क लड़ाईँमा बद्लियो। यहूदीहरूले पावललाई टुक्रा-टुक्रा पार्नेछन् भनेर सेनापति डराए। यसैले सेनापतिले सिपाहीहरूलाई तल गएर पावललाई यहूदीहरूबाट लिइकन सैन्य-भवनमा राख्न लगाए।
प्रेरितहरूका काम 23 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरितहरूका काम 23:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू