पावलले महासभातिर एकटक लाएर हेरे, र भने, “भाइ हो, आजको दिनसम्म परमेश्वरको दृष्टिमा मैले शुद्ध विवेकले जीवन बिताएको छु।” यस कुरामा प्रधान पूजाहारी हननियाले तिनको छेउमा उभिनेहरूलाई मुखमा हिर्काउने हुकुम दिए। तब पावलले उनलाई भने, “हे चून पोतेको भित्तो! तिमीलाई पनि परमेश्वरले प्रहार गर्नुहुनेछ। तिमी व्यवस्थाबमोजिम मेरो इन्साफ गर्न बसेर के व्यवस्थाको विपरीत मलाई हिर्काउने हुकुम दिन्छौ?” अनि छेउमा उभिनेहरूले भने, “के तँ परमेश्वरका प्रधान पूजाहारीको अपमान गर्छस्?” तब पावलले भने, “भाइ हो, उहाँ प्रधान पूजाहारी हुनुहुन्छ भन्ने मलाई थाहा थिएन। किनकि लेखिएको छ, ‘तैंले आफ्ना जनताका शासकको खराबी नबोल्नू’।” तर त्यस महासभामा एक दल सदुकी र अर्को दल फरिसीहरू रहेछन् भन्ने थाहा पाएर पावलले उच्च सोरमा भने, “भाइ हो, म त फरिसीहरूका छोरो फरिसी नै हुँ। मरेकाहरूको आशा र पुनरुत्थानको कारण मेरो मुद्दा चलिरहेछ।” तिनले यसो भनेपछि फरिसीहरू र सदुकीहरूमा मतभेद भयो, र भीड़मा फाटो पर्यो। किनकि सदुकीहरू भन्दछन् कि पुनरुत्थान, स्वर्गदूत, आत्मा भन्ने केही पनि छैन। तर फरिसीहरू ती सबै मान्छन्। त्यहाँ ठूलो होहल्ला मच्चियो, र फरिसी दलका कोही शास्त्रीहरू खड़ा भएर यसो भन्दै प्रतिवाद गर्न लागे, “यस मानिसमा हामी केही खराबी पाउँदैनौं। यदि आत्मा वा स्वर्गदूतले यिनलाई यसो भनेका हुन् भने के त?” त्यहाँ ठूलो मतभेद भएपछि उनीहरूका हातबाट पावल लुछलाछ पारिएलान् भन्ने डरले सेनापतिले सिपाहीहरूलाई तल गएर तिनलाई उनीहरूका बीचबाट बलजफतीसँग ल्याएर ब्यारेकभित्र लैजानू भनी आज्ञा दिए।
प्रेरित 23 पढ्नुहोस्
सुन्नुहोस् प्रेरित 23
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: प्रेरित 23:1-10
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू