अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु। जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।” यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो। तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।” हूशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।” हूशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन। तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दैछन्।’ तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्। “म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफैं युद्धभूमिमा जानुहोस्। हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेंसीको तल तान्ने छौ एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन्।” अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।
शमूएलको दोस्रो पुस्तक 17 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: शमूएलको दोस्रो पुस्तक 17:1-14
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू