YouVersion लोगो
खोज आइकन

२ शमूएल 17:1-14

२ शमूएल 17:1-14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

अहीतोपेलले अब्‍शालोमलाई भने, “बाह्र हजार मानिस छान्‍नुहोस्, र आज राती दाऊदलाई खेद्‌नुहोस्‌ भन्‍ने मेरो सल्‍लाह छ। तिनी थाकेर हैरान भएको बेलामा तिनलाई हमला गर्नुहोस्‌। तिनलाई आतङ्कित बनाउनुहोस्, र तिनीसँग भएका सबै मानिस तितरबितर हुनेछन्‌। राजालाई बाहेक अरू कसैलाई नमार्नुहोस्‌। सबै मानिसहरूलाई तपाईंकहाँ फर्काइल्‍याउनुहोस्‌। तिनको मृत्‍युले नै सबै जनालाई फर्काइल्‍याउन सक्‍छ। अरू सबै मानिसहरूमाथि चाहिँ कुनै हानि हुनेछैन।” अब्‍शालोम र इस्राएलका सबै धर्म-गुरुहरूले अहीतोपेलको सल्‍लाह स्‍वीकार गरे। तर अब्‍शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्‍दारहेछन्‌ सो हामी सुनौं।” हूशै आए, र अहीतोपेलले भनेका सबै कुरा अब्‍शालोमले तिनलाई भनिदिए, र तिनलाई सोधे, “अहीतोपेलले हामीलाई यस्‍तो सल्‍लाह दिएका छन्‌। के हामी तिनले भनेअनुसार गरौं? होइन भने, तिम्रो के विचार छ भन।” हूशैले अब्‍शालोमलाई भने, “यस पल्‍ट अहीतोपेलले दिएका सल्‍लाह ठीक छैन।” हूशैले अझै भने, तपाईंका पिता र उहाँसँग भएका मानिसहरू अनुभवी लड़ाकाहरू छन्, र बच्‍चा खोसिएका जङ्गलका क्रोधी भालूहरूजस्‍ता छन्‌। तपाईंका पिता युद्ध-कलामा निपुण हुनुहुन्‍छ, अनि उहाँ राती सेनासँग बस्‍नुहुनेछैन। अहिले पनि उहाँ कुनै ओड़ारमा वा अरू त्‍यस्‍तै ठाउँमा लुकिरहनुभएको छ होला। यदि उहाँले उछिनेर पहिले नै तपाईंको फौजलाई हमला गर्नुभयो भने र यो कुरा थाहा लाग्‍यो भने सुन्‍नेले भन्‍नेछन्‌ ‘अब्‍शालोमका पछि लाग्‍ने फौजहरू त नष्‍ट भएका छन्‌।’ त्‍यसो हुँदा कस्‍तै सूरो र सिंहजस्‍तै मुटु भएको मानिसको साहस पनि हराउनेछ। किनभने सारा इस्राएलले जान्‍दछ कि तपाईंका पिता एक महावीर हुनुहुन्‍छ, र उहाँसँग हुनेहरू पनि साहसीहरू छन्‌। यसैले मेरो सल्‍लाह यही छ: दानदेखि बेर्शेबासम्‍मका सारा इस्राएललाई समुद्रका बालुवाका कणजस्‍तै तपाईंकहाँ जम्‍मा हुन दिनुहोस्, र तिनीहरूका अगाड़ि तपाईं आफै युद्धमा मानिसहरूलाई लिएर जानुहोस्‌। तब उहाँ जहाँ हुनुभए तापनि हामी कहीँ न कहीँ उहाँमाथि आक्रमण गर्नेछौं, र भूइँमा शीत परेझैँ उहाँमाथि ओइरिनेछौं, अनि उहाँका घरानाको एउटै पनि अथवा उहाँपछि लाग्‍नेहरू कुनै पनि जीवित छोड़िनेछैन। उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्‍यस सहरलाई लठारा ल्‍याएर एउटै ढुङ्गा पनि त्‍यसको जगमा नपाइने गरी हामी घिस्‍स्‍याएर बेँसीमा पुर्‍याउनेछौं।” अब्‍शालोम र इस्राएलका सबै मानिसहरूले भने, “अरकी हूशैले अहीतोपेलको भन्‍दा राम्रो सल्‍लाह दिएका छन्‌।” यो त अहीतोपेलको राम्रो सल्‍लाह विफल बनाउने, अनि यसरी अब्‍शालोमको विनाश गर्ने परमप्रभुको अभिप्राय मात्र थियो।

शेयर गर्नुहोस्
२ शमूएल 17 पढ्नुहोस्

२ शमूएल 17:1-14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

अहीतोपेलले अब्शालोमलाई भने, “कृपया मलाई बाह्र हजार मानिसहरूलाई चुनेर आज राति दावीदलाई खेद्न जाने अनुमति दिनुहोस्। तिनी थाकेका र कमजोर भएका बेलामा म तिनीमाथि आक्रमण गर्नेछु। म तिनलाई आतङ्कित तुल्याउनेछु; अनि तिनीसँग भएका सबै मानिसहरू भागेर जानेछन्। म केवल राजालाई मात्र मार्नेछु। अनि सबै मानिसहरूलाई तपाईंकहाँ फर्काएर ल्याउनेछु। तपाईंले खोज्नुभएको मानिसको मृत्यु हुनु नै सबै मानिसहरू तपाईंतिर फर्कनु हो। सबै मानिसहरूको कुनै हानि हुनेछैन।” यो योजना अब्शालोम र इस्राएलका सबै प्रधानहरूलाई असल लाग्यो। तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।” हूशै तिनीकहाँ आएपछि अब्शालोमले तिनलाई भने, “अहीतोपेलले यो सल्‍लाह दिएका छन्। के हामी तिनले भनेअनुसार गरौँ? यदि होइन भने तपाईंको विचार के छ, हामीलाई भन्‍नुहोस्।” हूशैले अब्शालोमलाई भने, “यस पटक अहीतोपेलले दिएका सल्‍लाह ठिक छैन। तपाईं आफ्ना पिता र उहाँका मानिसहरूलाई जान्‍नुहुन्छ। तिनीहरू लडाकुहरू हुन्; अनि तिनीहरू बच्‍चा खोसिएका जङ्गली भालुजस्तै डरलाग्दा छन्। यसबाहेक तपाईंका पिता एक अनुभवी योद्धा हुनुहुन्छ। उहाँ सेनाहरूसँग रातभरि रहनहुनेछैन। अहिले पनि उहाँ कुनै गुफा, वा अरू कुनै ठाउँमा लुकिरहनुभएको होला। यदि उहाँले तपाईंको सेनाहरूलाई पहिले आक्रमण गर्नुभयो भने यो कुरा सुन्‍ने हरेकले भन्‍नेछन्, ‘अब्शालोमका पछि लाग्ने सेनाहरू मारिएका छन्।’ ” त्यसपछि सिंहको जस्तो मुटु भएको अति वीर योद्धा पनि डरले काँप्‍नेछ। किनकि तपाईंका पिता लडाकु हुनुहुन्छ, र उहाँसित भएका योद्धाहरू शूरवीर छन् भन्‍ने कुरा सारा इस्राएललाई थाहा छ। “यसकारण म तपाईंलाई सल्‍लाह दिन्छु: दानदेखि बेर्शेबासम्म भएका समुद्रको किनारका बालुवासरह असंख्य इस्राएलीलाई तपाईंकहाँ भेला गराउनुहोस्। अनि तपाईंकै अगुवाइमा लडाइँमा जानुहोस्। तब हामी दावीदलाई जहाँ भेट्नेछौँ, त्यहीँ आक्रमण गर्नेछौँ। हामी भुइँमा शीत खसेझैँ उहाँमाथि जाइलाग्नेछौँ। उहाँ अथवा उहाँका कुनै पनि मानिस जीवित रहनेछैनन्। यदि उहाँ कुनै सहरभित्र शरण लिनुभए तापनि सारा इस्राएलले त्यस सहरको पर्खाललाई डोरी लगाएर एउटै ढुङ्गा पनि त्यसको जगमा नरहने गरी हामी घिस्याएर बेँसीमा पुर्‍याउनेछौँ।” अब्शालोम र इस्राएलका सारा मानिसहरूले भने, “अहीतोपेलको भन्दा अरकी हूशैको सल्‍लाह असल छ।” किनकि अब्शालोममाथि विपत्ति ल्याउनका निम्ति याहवेहले नै अहीतोपेलको असल सल्‍लाहलाई विफल तुल्याउने संकल्प गर्नुभएको थियो।

शेयर गर्नुहोस्
२ शमूएल 17 पढ्नुहोस्

२ शमूएल 17:1-14 पवित्र बाइबल (NERV)

अहीतोपेलले अब्शालोमलाई भने, “दया गरि मलाई 12,000 मानिस छान्न दिनुहोस्। म आज राती नै दाऊदको खेदो गर्छु। जब उ थाकेर कमजोर भएको हुन्छ म उसलाई पक्रनेछु। म त्यसलाई धम्काउँछु। तब उसका मानिसहरू सबै भाग्नेछन्। तर म खालि दाऊदलाई मात्र मार्नेछु। त्यसपछि उसका सेनालाई तपाईंको अनुगामी बनाइदिन्छु। यदि दाऊद मरे भने सबै मानिसहरू शान्तिसित तपाईंको पछि आउनेछन्।” यो योजना अब्शालोम र इस्राएलका अगुवाहरूलाई राम्रो लाग्यो। तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।” हूशै अब्शालोम भएकहाँ आए। अब्शालोमले हूशैलाई भने, “यो अहीतोपेलको योजना हो। के यो योजनालाई हामी कार्यमा ल्याउन सक्छौं? अथवा सक्दैनौं दया गरेर तपाईंको विचार भन्नुहोस्।” हूशैले भने, “यस समय अहीतोपेलको सल्लाह ठीक छैन। तपाईंलाई थाहै छ तपाईंका पिता र उहाँसँग भएका मानिसहरू धेरै बलियाछन्। तिनीहरू बच्चाहरू खोसिएका भालू जस्तै हिंस्रक छन् तपाईंका पिता निपुण योद्धा हुनुहुन्छ। उहाँ रातभरी सैनिकहरू सित रहनु हुन्न। जहाँसम्म उहाँ त कुनै गुफा अथवा अरू कुनै ठाउँमा लुकिसक्नु भयो। यदि तपाईंका पिताजीले तपाईंका मानिसहरू माथि धावा बोल्नुभयो भने मानिसहरूले यो खबर सुन्नेछन्। अनि तिनीहरूले सोच्ने छन्, ‘अब्शालोमका अनुयायीहरू हार्दैछन्।’ तब सिंह जस्ता सहासी मानिसहरू पनि डराउने छन। किनभने? इस्राएलका सबै मानिसहरूलाई थाहै छ कि तपाईंका पिता बलिया लडाकू हुन्, अनि उनका मानिसहरू धेरै साहसी छन्। “म यो सुझाव दिन्छुः दानदेखि बेर्शेबासम्मका सबै इस्राएलीहरूलाई भेला गराउनु होस्। मानिसहरू समुद्रका किनारका बालुवा जस्तै हुनेछन्। त्यसपछि तपाईं आफैं युद्धभूमिमा जानुहोस्। हामीले दाऊदलाई लुकेकै ठाउँमा समाउने छौं। दाऊदलाई धेरै सिपाहीहरूको साथमा जाइलाग्नु पर्छ। हाम्रो संख्या भुइँमा खसेको शीतका थोपाहरू जस्तो हुनुपर्छ। हामीले दाऊदलाई उसका मानिसहरूसँगै मार्नु पर्छ। कसैलाई जिउँदो छाड्ने होइन। तर यदि दाऊद कुनै शहरमा भाग्यो भने, सबै इस्राएलीहरूले डोरी ल्याउने छन् अनि हामी शहरको पर्खाललाई बेंसीको तल तान्ने छौ एउटा सानो ढुङ्गा सम्म पनि छोडिने छैन्।” अब्शालोम अनि इस्राएलीहरूले भने, “एरेकी हूशैको सल्लाह अहीतोपेलको भन्दा राम्रो छ।” तिनीहरूले किन यसो भन्यो भने यो परमप्रभु कै योजना हो। परमप्रभुले अहीतोपेलको राम्रो सल्लाहलाई नष्ट पारिदिनु भयो। कसरी परमप्रभुले अब्शालोमलाई सजाय दिनुभयो।

२ शमूएल 17:1-14 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

केही समयपछि अहीतोपेलले अब्‍शालोमलाई भने, “मलाई बाह्र हजार मानिसहरू चुन्‍ने अनुमति दिनुहोस् र म आज राती नै दाऊदलाई खोज्‍न जानेछु। थाकेर निराश भएको बेलामा म उनलाई हमला गर्नेछु। उनी डराउनेछन् र उनका मानिसहरू भाग्‍नेछन्। म राजालाई मात्र मार्नेछु र उनीसँग लागेका सबै मानिसहरूलाई दुलही आफ्‍ना दुलहाकहाँ आएझैँ तिमीकहाँ लिइआउनेछु। तपाईंले एउटा मात्र मानिस मार्नुपर्नेछ। बाँकी मानिसहरूलाई कुशल छोड्‍नुपर्नेछ, केही डर हुनेछैन।” यो सल्‍लाह अब्‍शालोम र सबै इस्राएलीहरूलाई असल लाग्‍यो। अब्‍शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्‍नुछ, हामी सुनौं।” हूशै आइपुगेपछि अब्‍शालोमले उनलाई भने, “अहीतोपेलले हामीलाई यस्‍तो सल्‍लाह दिएका छन्। हामी त्‍यसो गरौं कि नगरौं? उसले भनेअनुसार नगर्ने हो भने कसो गर्ने त? तिमीले हामीलाई बताऊ।” हूशैले उत्तर दिए, “यसपालि अहीतोपेलले तपाईंलाई दिएको सल्‍लाह ठीक छैन। तपाईं भन्‍नुहुन्‍छ कि तपाईंका बुबा दाऊद र तिनका सैनिकहरू शूरवीर लडाकुहरू छन्। तिनीहरू आफ्‍ना छाउरा खोसिएकी माउ भालुजस्‍ता डरलाग्‍दा भएका छन्। तपाईंको बुबा अनुभवी योद्धा हुन्। राती उनी आफ्‍ना मानिसहरूसित सुत्दैनन्। यति बेला उनी गुफा वा अन्‍य कुनै स्‍थानमा लुकेका होलान्। दाऊदले तपाईंको सेनालाई हमला गर्ने बित्तिकै त्‍यो कुरा सुन्‍नेहरूले तपाईंको सेना सखाप भए भन्‍नेछन्। तब सिंहजस्‍ता निडर र साहसी पुरुषहरू पनि डराउनेछन् किनभने इस्राएलमा बास गर्ने हरेक व्‍यक्तिले जान्‍दछ कि तपाईंका बुबा महान् योद्धा र उनका सैनिकहरू शूरवीर लडाकुहरू हुन्। मेरो त यो सल्‍लाह छ कि देशको उत्तरमा दानदेखि दक्षिणमा बेर्शेबाको छेउसम्‍म भएका सबै इस्राएलीहरूलाई एकसाथ भेला गर्नुहोस्। तिनीहरू समुद्रका किनारको बालुवाझैँ असङ्‍ख्य हुनेछन्, तपाईं आफैंले लडाइँमा तिनीहरूको अगुवाइ गर्नुहोस्। दाऊद जहाँ भए पनि हामी उनलाई भेट्टाई निकाल्‍नेछौं र त्‍यहाँ के हुँदै छ, सो थाहा पाउनुअघि नै हामीले उनीमाथि आक्रमण गर्नेछौं। तिनी र तिनका मानिसहरू कोही पनि बाँच्‍नेछैनन्। उनी बचाउको लागि सहरभित्र पसे भने हाम्रा मानिसहरूले डोरी ल्‍याउनेछन् र सहरलाई नै बाँधेर तानी तल बेसीमा खसाल्‍नेछन्। डाँडामाथि एउटै ढुङ्गो पनि रहनेछैन।” अब्‍शालोम र सबै इस्राएलीहरूले भने, “हूशैको सल्‍लाह अहीतोपेलको भन्दा असल छ।” अहीतोपेलको असल सल्‍लाह अस्‍वीकार गराएर अब्‍शालोमको विनाश गराउने निर्णय परमप्रभुले गरिसक्‍नुभएको थियो।

शेयर गर्नुहोस्
२ शमूएल 17 पढ्नुहोस्