YouVersion लोगो
खोज आइकन

प्रकाश 18:21-24

प्रकाश 18:21-24 सरल नेपाली

यसपछि एक शक्तिशाली स्‍वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्‍दै समुद्रमा फ्‍याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्‍याँकिनेछ र त्‍यो फेरि देखापर्नेछैन। वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्‍दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्‍यहाँ हुनेछैन। बत्तीको उज्‍यालो अबदेखि तँमा चम्‍कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्‍वी भरिका व्‍यापारीहरूमा तेरा व्‍यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!” बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्‍वरका सबै भक्तहरूको रगत त्‍यसै सहरमा बगाएको पाइयो। पृथ्‍वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो।

प्रकाश 18 पढ्नुहोस्