प्रकाश 18:21-24
प्रकाश 18:21-24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब एउटा शक्तिशाली स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्यो फेरि कहिल्यै पाइनेछैन। वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्नेहरूका धुन तँमा कहिल्यै सुनिनेछैन। र कुनै पनि शिल्पको शिल्पकार तँमा कहिल्यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्यै सुनिनेछैन। बत्तीको उज्यालो तँमा कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्यै सुनिनेछैन। किनकि तेरा व्यापारीहरू पृथ्वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्त्रतन्त्रले जाति-जातिहरू ठगिएका थिए। त्यसमा नै अगमवक्ताहरू, सन्तहरू र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
प्रकाश 18:21-24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन। सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन। बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए। त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”
प्रकाश 18:21-24 पवित्र बाइबल (NERV)
त्सपछि एक शक्तिवान स्वर्गदूतले एक विशाल चट्टान टिपे। यो चट्टान जाँतो जत्रै ठूलो थियो। स्वर्गदूतले त्यो चट्टान समुद्रमा हाने अनि भने: “महानगर बेबिलोन यसरी नै फ्याँकिइने छ। अनि फेरि कहिल्यै पाइनेछैन। वीणा अनि अरू वाद्य यन्त्र जस्तै बाँसुरी अनि तुरहीहरूबाट कहिल्यै मानव सँगीत सुनिनेछैनन्। तेरोमा फेरि कुनै व्यवसायको कर्मी पाइने छैन। तेरोमा कहिल्यै जाँतोको आवाज सुनिने छैन। तेरोमा बत्तीको ज्योति फेरि कहिल्यै चम्कने छैन। वेहुला-वेहुलीको स्वर तेरोमा सुनिने छैन। तेरा व्यापारीहरू संसारका महा-मानवहरू थिए, समस्त राष्ट्रहरू तेरो जादू-टुना मुनाले छलिएका थिए। अगमवक्ताहरू अनि परमेश्वरका पवित्र मानिसहरू अनि सबै मानिसहरू जो पृथ्वीमा मारिएकाछन्, तिनीहरूको रगतको दोषी छ बेबिलोन।”
प्रकाश 18:21-24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
यसपछि एक शक्तिशाली स्वर्गदूतले एउटा ठूलो जाँतो जत्रो ढुङ्गो उठाएर यसो भन्दै समुद्रमा फ्याँके, “यो महान् सहर बेबिलोन पनि यसरी नै जोडले फ्याँकिनेछ र त्यो फेरि देखापर्नेछैन। वीणा, बाँसुरी र तुरही बजाउनेको आवाज र गीत गाउनेहरूको सोर अबदेखि तँमा सुनिनेछैन र कुनै काम-धन्दामा लागेका मानिसहरू तँमा पाइनेछैन। जाँतो पिँधेको आवाज त्यहाँ हुनेछैन। बत्तीको उज्यालो अबदेखि तँमा चम्कनेछैन र दुलहा-दुलहीका सोर तँमा सुनिनेछैन। पृथ्वी भरिका व्यापारीहरूमा तेरा व्यापारीहरू सबैभन्दा धनी थिए र तेरा सबै झूटा जादूगरीले तैँले संसारका सबै मानिसहरूलाई छक्याइस्!” बेबिलोनले सजाय पाएको छ किनभने अगमवक्ता र परमेश्वरका सबै भक्तहरूको रगत त्यसै सहरमा बगाएको पाइयो। पृथ्वीमा मारिएका सबैको रगत यसै सहरमा पाइएको थियो।