YouVersion लोगो
खोज आइकन

प्रकाश 18:21-24

प्रकाश 18:21-24 NNRV

तब एउटा शक्तिशाली स्‍वर्गदूतले ठूलो जाँतोजस्‍तै एउटा ढुङ्गा उठाए, र यसो भनेर त्‍यसलाई समुद्रमा फाले, “यसरी नै महानगरी बेबिलोन ठूलो वेगले फालिनेछे, र त्‍यो फेरि कहिल्‍यै पाइनेछैन। वीणा बजाउनेहरू, गायकहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूका धुन तँमा कहिल्‍यै सुनिनेछैन। र कुनै पनि शिल्‍पको शिल्‍पकार तँमा कहिल्‍यै पाइनेछैन। जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन। बत्तीको उज्‍यालो तँमा कहिल्‍यै चम्‍कनेछैन। दुलहा र दुलहीको सोर पनि तँमा कहिल्‍यै सुनिनेछैन। किनकि तेरा व्‍यापारीहरू पृथ्‍वीका ठूला-ठूला मानिसहरू थिए, र तेरा मन्‍त्रतन्‍त्रले जाति-जातिहरू ठगिएका थिए। त्‍यसमा नै अगमवक्ताहरू, सन्‍तहरू र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”