YouVersion लोगो
खोज आइकन

प्रकाश 18:21-24

प्रकाश 18:21-24 NCV

तब त्यस सामर्थ्यी स्वर्गदूतले ठूलो जाँतोजस्तै एउटा ढुङ्गा उठाए, र यसो भन्दै त्यसलाई समुद्रमा फ्याँकिदिए: “यसरी नै बेगसित महान् सहर बेबिलोन तल फालिनेछ, र त्यो कहिल्यै फेला पर्नेछैन। सङ्गीतकारहरू, वीणा बजाउनेहरू, बाँसुरी बजाउनेहरू र तुरही बजाउनेहरूका सङ्गीत तँमा फेरि कहिल्यै सुनिनेछैन। तँमा फेरि कुनै व्यापारको शिल्पकार कहिल्यै पाइनेछैन। तँमा फेरि जाँतोको आवाज कहिल्यै सुनिनेछैन। बत्तीको उज्यालो तँमा फेरि कहिल्यै चम्कनेछैन। दुलहा र दुलहीको सोर तँमा फेरि कहिल्यै सुनिनेछैन। तेरा व्यापारीहरू संसारका महान् व्यक्तिहरू थिए। तेरा तन्त्रमन्त्रले राष्ट्रहरू बहकिएका थिए। त्यस स्त्रीमा अगमवक्ताहरू, परमेश्‍वरका पवित्र जनहरू, र पृथ्वीमा मारिएकाहरू सबैको रगत पाइएको थियो।”

प्रकाश 18 पढ्नुहोस्