YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 66:13-20

भजनसंग्रह 66:13-20 सरल नेपाली

म तपाईंको भवनमा होमबलि चढाउनेछु, मैले प्रतिज्ञा गरेको भेटी म तपाईंलाई चढाउनेछु। म सङ्कष्‍टमा छँदा तपाईंलाई भाकल गरेको भेटी म चढाउनेछु। म वेदीमा होमबलिको निम्‍ति भेडा चढाउनेछु, म साँढे र बोकाको बलि चढाउनेछु र त्‍यसका धुवाँ आकाशसम्‍म पुग्‍नेछ। हे परमेश्‍वरलाई आदर गर्ने मानिसहरू हो! आओ र सुन! उहाँले मेरो निम्‍ति के गर्नुभयो, म भन्‍नेछु। मैले उहाँलाई सहायताको लागि पुकारें, मैले भजन गाएर उहाँको प्रशंसा गरें। मैले आफ्‍नो पापको वास्‍ता नगरेको भए परमप्रभुले मेरो बिन्‍ती सुन्‍नुहुनेथिएन। तर परमेश्‍वरले साँच्‍चै मेरो कुरा सुन्‍नुभएको छ; उहाँले मेरो प्रार्थना सुन्‍नुभएको छ। म परमेश्‍वरको प्रशंसा गर्दछु किनभने उहाँले मेरो प्रार्थना अस्‍वीकार गर्नुभएन अथवा मलाई अनन्‍त प्रेम गर्न छोड्‍नुभएको छैन।

भजनसंग्रह 66 पढ्नुहोस्