भजनसंग्रह 66
66
प्रशंसा र धन्यवादको भजन
1हे सबै मानिसहरू हो! आनन्दका स्वरले परमेश्वरको प्रशंसा गर!
2उहाँको महिमामय नामको स्तुति गर्दै
उहाँलाई महिमाको प्रशंसा चढाओ!
3परमेश्वरलाई भन, “तपाईंको काम कति उदेकका छन्!
तपाईंको शक्ति यति महान् छ
कि तपाईंका शत्रुहरूले डरको साथ तपाईंको अघि दण्डवत् गर्दै निहुरहन्छन्।
4पृथ्वीमा सबैले तपाईंको आराधना गर्छन्,
तपाईंको स्तुति गाउँछन्,
तपाईंको नामको प्रशंसा गर्छन्।”
5परमेश्वरले के गर्नुभएको छ, आएर हेर,
मानिसहरूका माझमा उहाँका उदेकका कामहरू हेर।
6 #
प्रस्थान 14:21;
यहोशू 3:14-17
उहाँले समुद्रलाई सुखा भूमिमा बदल्नुभयो,
हाम्रा पिता-पुर्खा खुट्टाले हिँडेर नदी पार गरे।
उहाँको कामले गर्दा हामीले त्यहाँ आनन्द मनायौं।
7उहाँले सदाकालको निम्ति आफ्नो सामर्थ्यले राज्य गर्नुहुन्छ
र जाति-जातिमाथि आफ्नो दृष्टि राख्नुहुन्छ।
कोही विद्रोही उहाँको विरुद्धमा खडा हुन नसकोस्।
8सबै जातिहरूले हाम्रा परमेश्वरको प्रशंसा गर,
तिमीहरूको प्रशंसा सबैले सुनून्।
9उहाँले हामीलाई जीवित राख्नुभएको छ
र हामीलाई लड्न दिनुभएको छैन।
10हे परमेश्वर! तपाईंले हाम्रो जाँच गर्नुभएको छ,
आगोले चाँदी खारेझैँ तपाईंले हामीलाई खार्नुभएको छ,
11तपाईंले हामीलाई पासोमा पर्न दिनुभयो
र हाम्रा पिठ्युँमा गह्रौं भारी बोकाउनुभयो।
12तपाईंले शत्रुहरूद्वारा हामीलाई कुल्चन दिनुभयो,
हामी आगो र पानीको भलको बीचमा भएर हिँड्यौं,
तर अब तपाईंले हामीलाई सुरक्षित स्थानमा ल्याउनुभएको छ।
13म तपाईंको भवनमा होमबलि चढाउनेछु,
मैले प्रतिज्ञा गरेको भेटी म तपाईंलाई चढाउनेछु।
14म सङ्कष्टमा छँदा तपाईंलाई
भाकल गरेको भेटी म चढाउनेछु।
15म वेदीमा होमबलिको निम्ति भेडा चढाउनेछु,
म साँढे र बोकाको बलि चढाउनेछु
र त्यसका धुवाँ आकाशसम्म पुग्नेछ।
16हे परमेश्वरलाई आदर गर्ने मानिसहरू हो! आओ र सुन!
उहाँले मेरो निम्ति के गर्नुभयो, म भन्नेछु।
17मैले उहाँलाई सहायताको लागि पुकारें,
मैले भजन गाएर उहाँको प्रशंसा गरें।
18मैले आफ्नो पापको वास्ता नगरेको भए
परमप्रभुले मेरो बिन्ती सुन्नुहुनेथिएन।
19तर परमेश्वरले साँच्चै मेरो कुरा सुन्नुभएको छ;
उहाँले मेरो प्रार्थना सुन्नुभएको छ।
20म परमेश्वरको प्रशंसा गर्दछु
किनभने उहाँले मेरो प्रार्थना अस्वीकार गर्नुभएन
अथवा मलाई अनन्त प्रेम गर्न छोड्नुभएको छैन।
अहिले सेलेक्ट गरिएको:
भजनसंग्रह 66: सरल नेपाली
हाइलाइट
शेयर गर्नुहोस्
कपी गर्नुहोस्
तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्
Simple Nepali Holy Bible © Nepal Bible Society, 2008.