YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 66:13-20

भजनसंग्रह 66:13-20 NNRV

म तपाईंको मन्‍दिरमा होमबलिसहित आउनेछु, र तपाईंसित गरेका भाकल पूरा गर्नेछु— म कष्‍टमा भएको समयमा, मेरा ओठले प्रतिज्ञा गरेका तथा मेरो मुखले उच्‍चारण गरेका भाकल। म तपाईंलाई मोटा पशुहरू बलिदान चढ़ाउनेछु, र भेड़ाहरूको बलि। म साँढ़े र बोकाहरू चढ़ाउनेछु। सेला परमेश्‍वरसित डराउनेहरू सबै आओ र सुन, उहाँले मेरो निम्‍ति के गर्नुभयो मलाई भन्‍न देओ। मैले मेरो मुखले उहाँलाई पुकारें, र मेरो जिब्रोबाट उहाँको स्‍तुति भयो। यदि मैले मेरो हृदयमा अधर्मलाई आश्रय दिएको भए, परमेश्‍वरले सुन्‍नुहुनेथिएन। तर साँच्‍ची नै परमेश्‍वरले सुन्‍नुभएको छ, उहाँले मेरो प्रार्थनाका शब्‍दहरूमाथि ध्‍यान दिनुभएको छ। परमेश्‍वरलाई महिमा होस्‌, जसले मेरो प्रार्थना अस्‍वीकार गर्नुभएको छैन, न त मबाट उहाँको प्रेम हटाउनुभएको छ।