YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:16-22

भजनसंग्रह 25:16-22 सरल नेपाली

हे परमप्रभु! मतिर फर्कनुहोस् र मलाई दयामाया देखाउनुहोस् किनभने म एकलो र कमजोर छु। मेरा चिन्‍ता-फिक्री हटाइदिनुहोस्, र मेरा सबै कष्‍टदेखि मलाई बचाउनुहोस्। मेरा दु:ख र कष्‍टमाथि विचार्नुहोस् र मेरा सारा पाप क्षमा गर्नुहोस्। हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्। मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्, मेरो हार हुन नदिनुहोस्। सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु। मेरा भलाइ र इमानदारीले मलाई जोगाइराखून् किनभने म तपाईंमा भरोसा गर्दछु। हे परमेश्‍वर! आफ्‍ना प्रजा इस्राएलीहरूलाई तिनीहरूका सारा कष्‍टदेखि बचाउनुहोस्।

भजनसंग्रह 25 पढ्नुहोस्