YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:16-22

भजनसंग्रह 25:16-22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

मतिर फर्कनुहोस्‌, र ममाथि कृपालु बन्‍नुहोस्‌, किनकि म एकलो र कष्‍टित छु। मेरो हृदयका दु:खहरू बढ़ेका छन्‌, मलाई मेरा कष्‍टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्‌। मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्‌, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्‌। हेर्नुहोस्‌, मेरा शत्रुहरू कति धेरै छन्‌, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्‌। मेरो प्राणको रक्षा गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, मैले शर्माउनु नपरोस्‌, किनकि म तपाईंको शरणमा परेको छु। ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्‌, किनकि म तपाईंमा आशा राख्‍तछु। इस्राएललाई त्‍यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्‌, हे परमेश्‍वर।

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:16-22 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

हे परमप्रभु! मतिर फर्कनुहोस् र मलाई दयामाया देखाउनुहोस् किनभने म एकलो र कमजोर छु। मेरा चिन्‍ता-फिक्री हटाइदिनुहोस्, र मेरा सबै कष्‍टदेखि मलाई बचाउनुहोस्। मेरा दु:ख र कष्‍टमाथि विचार्नुहोस् र मेरा सारा पाप क्षमा गर्नुहोस्। हेर्नुहोस्! मेरा कति शत्रुहरू छन् र तिनीहरूले मलाई कति घृणा गर्छन्। मेरो रक्षा गर्नुहोस् र मलाई बचाउनुहोस्, मेरो हार हुन नदिनुहोस्। सुरक्षाको लागि म तपाईंकहाँ शरण लिंदछु। मेरा भलाइ र इमानदारीले मलाई जोगाइराखून् किनभने म तपाईंमा भरोसा गर्दछु। हे परमेश्‍वर! आफ्‍ना प्रजा इस्राएलीहरूलाई तिनीहरूका सारा कष्‍टदेखि बचाउनुहोस्।

भजनसंग्रह 25:16-22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

हे याहवेह, मतिर फर्कनुहोस् र ममाथि कृपालु हुनुहोस्, किनकि म एकलो र पीडित छु। मेरा हृदयका कष्‍टहरू ज्यादै बढेका छन्; मेरा पीडाहरूबाट मलाई छुटकारा दिनुहोस्। मेरा दुःख र मेरा पीडाहरूलाई हेर्नुहोस्, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्। हेर्नुहोस्, मेरा शत्रुहरू कति धेरै भएका छन्, र कति भयानक रीतिले मलाई तिनीहरू घृणा गर्दछन्। मेरो प्राणलाई रक्षा गर्नुहोस् र मेरो उद्धार गर्नुहोस्; मलाई शर्ममा नपार्नुहोस्, किनकि म तपाईंमा शरण पर्छु। इमानदारीता र धार्मिकताले मेरो रक्षा गरून्, किनकि मेरो आशा याहवेह तपाईंमा छ। हे परमेश्‍वर, इस्राएललाई तिनीहरूका सबै कष्‍टहरूबाट मुक्त गरिदिनुहोस्!

शेयर गर्नुहोस्
भजनसंग्रह 25 पढ्नुहोस्

भजनसंग्रह 25:16-22 पवित्र बाइबल (NERV)

हे परमप्रभु, म पीडित र एक्लो छु, मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्। मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्। हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्। मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्। हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्। म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्। हे परमेश्वर, तपाईं साँच्चै नै ईमान्दारी र धार्मिक हुनुहुन्छ म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।