YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:16-22

भजनसंग्रह 25:16-22 NERV

हे परमप्रभु, म पीडित र एक्लो छु, मपट्टि फर्केर ममाथि कृपा दर्शाउनु होस्। मेरा सङ्कटहरूबाट मलाई मुक्ति दिनुहोस्। मेरो समस्याहरू समाधान गर्न साथ दिनुहोस्। हे परमप्रभु, मेरा परीक्षाहरू र सङ्कटहरूमा दृष्टि राख्नुहोस् र मैले गरेका सबै पापहरू क्षमा गर्नुहोस्। मसँग भएका मेरा शत्रुहरूमा नजर परोस्। तिनीहरूले मलाई हेला गर्छन् र कष्ट दिन्छन्। हे परमप्रभु मेरो सुरक्षा गर्नुहोस् अनि बचाउँनुहोस्। म तपाईंमाथि भरोसा गर्छु यसर्थ मलाई निराश नपार्नुहोस्। हे परमेश्वर, तपाईं साँच्चै नै ईमान्दारी र धार्मिक हुनुहुन्छ म तपाईंमा भरोसा राख्छु यसैले मेरो रक्षा गर्नुहोस्। हे परमेश्वर! इस्राएल का सम्पूर्ण मानिसहरूलाई उनीहरूका शत्रुहरूदेखि बचाउनुहोस्।

भजनसंग्रह 25 पढ्नुहोस्