YouVersion लोगो
खोज आइकन

भजनसंग्रह 25:16-22

भजनसंग्रह 25:16-22 NNRV

मतिर फर्कनुहोस्‌, र ममाथि कृपालु बन्‍नुहोस्‌, किनकि म एकलो र कष्‍टित छु। मेरो हृदयका दु:खहरू बढ़ेका छन्‌, मलाई मेरा कष्‍टहरूबाट तपाईंले नै मुक्त गरिदिनुहोस्‌। मेरा दु:ख र पीडाहरू विचार गरिदिनुहोस्‌, र मेरा सबै पापहरू क्षमा गरिदिनुहोस्‌। हेर्नुहोस्‌, मेरा शत्रुहरू कति धेरै छन्‌, तिनीहरूले मलाई कति भयानक रूपले घृणा गर्छन्‌। मेरो प्राणको रक्षा गर्नुहोस्‌, र मलाई छुटकारा दिनुहोस्‌, मैले शर्माउनु नपरोस्‌, किनकि म तपाईंको शरणमा परेको छु। ईमानदारी र सोझोपनले मलाई सुरक्षित राखून्‌, किनकि म तपाईंमा आशा राख्‍तछु। इस्राएललाई त्‍यसका सबै दु:खबाट मुक्त गरिदिनुहोस्‌, हे परमेश्‍वर।