ठीकसँग बोलिएको वचन चाँदीको पाताका बीचमा सुनका स्याउहरू जडेको जस्तै हो। अनुभवी मानिसले ध्यानसित सुन्ने मानिसलाई दिएको चेतावनी सुनका औँठी वा निखुर सुनले बनेको गहनाभन्दा उत्तम हो। बाली काटेको समय गर्मीमा चिसो पानी पाएजस्तै विश्वासयोग्य दूतले त्यसलाई पठाउने मालिकको आत्मालाई ताजा गराउँछ। प्रतिज्ञा गरेर उपहार नदिने मानिस झरी नल्याउने बादल र हावाजस्तै हो। धैर्यको मीठो बोलीले साह्रै विरोध गर्नेलाई शान्त पार्न सक्छ र शासकलाई पनि मनाउन सकिन्छ। चाहिएभन्दा ज्यादा मह कहिल्यै नखानू, मह धेरै खानाले बान्ता गराउँछ। छिमेकीकहाँ घरीघरी नजाऊ, नत्र त्यसले दिक्क मानेर तिमीलाई घृणा गर्नेछ। झूटो दोष लाउने मानिस तरवार, लाठो वा तीखो काँडझैँ हो।
हितोपदेश 25 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 25:11-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू