YouVersion लोगो
खोज आइकन

हितोपदेशको पुस्तक 25:11-18

हितोपदेशको पुस्तक 25:11-18 NERV

सही चिज सही समयमा भन्नु एउटा सुनको स्याउ चाँदीको घेरामा जोडेको जस्तै हो। एकजना झट्ट बुझ्ने मानिसको निम्ति ज्ञानी मानिसको हप्काई एउटा शुद्ध सुनको औंठी अथवा सब भन्दा राम्रो सुनबाट बनेको अन्यकुनै गहनाहरू जस्तो मूल्यवान हुन्छन्। एक विश्वसनीय दूत संवाद पठाउने मानिसको निम्ति बाली भित्रयाउने समयको गरमदिनको शीतल पानी जस्तै हो उसले उसको मालिकको आत्मालाई पुनः ताजगी गराउँछ। कसैले उपहार चढाउँछु भनी प्रतिज्ञा गर्छ तर चढाउँदैन भने त्यो बादल अनि बतास जस्तै हो। धैर्यपूर्ण कुराले राजालाई शान्त गराउँछ नम्र बोली अत्यन्त शक्तिशाली हुन्छ। मह खानु स्वस्थको लागि असल हो तर यही धेरै खाए मानिस विमारी हुन्छ। त्यसरी नै, आफ्नो छिमेकीको घरमा घरी-घरी नजानु नत्र उसले तिमीलाई घृणा गर्न थाल्छ। जसले उसको छिमेकीको विरूद्ध झूटा साक्षी दिन्छ ऊ एउटा लाट्ठी तरवार अथवा एउटा तीखो काँडा झैं खतरा हुन्छ।