ठीकसित बोलिएको वचन चाँदीमा जड़ान गरिएको सुनका स्याउहरूजस्तै हुन्छन्। सुनको कुण्डल वा निखुर सुनको गहनाझैँ बुद्धिमान् मानिसको हप्की सुन्ने कानको लागि हुन्छ। कटनीको बेला हिउँको शीतलताझैँ विश्वास योग्य दूत त्यसलाई पठाउनेहरूका निम्ति हुन्छ। आफ्ना मालिकको आत्मालाई त्यसले ताजा गराउँछ। झरीविनाको बादल र बतासझैँ आफूले नदिएको दानमा धाक लाउने मानिस हुन्छ। धैर्य गर्नाले शासकलाई मनाउन सकिन्छ, र विनीत जिब्रोले हड्डी गलाउन सक्छ। मह भेट्टाइस् भने चाहिँदो मात्र खा, यो धेरै खाइस् भने तैंले बान्ता गर्नेछस्। आफ्नो छिमेकीको घरमा कहिलेकहीँ मात्र जाने गर्, धेरै जाने गरिस् भने त्यसले तँलाई घृणा गर्नेछ। लाठो वा तरवार वा तीखो काँड़झैँ आफ्नो छिमेकीको विरुद्ध झूटो गवाही दिने मानिस हो।
हितोपदेश 25 पढ्नुहोस्
सुन्नुहोस् हितोपदेश 25
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 25:11-18
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू