YouVersion लोगो
खोज आइकन

हितोपदेश 15:22-30

हितोपदेश 15:22-30 सरल नेपाली

पाउन सकेजति सरसल्‍लाह लिनू र आफ्‍नो काममा सफल हुनेछौ, सल्‍लाहबिना विफल हुनेछौ। ठीक समयमा ठीक शब्‍द निक्‍लेको कति आनन्‍दको कुरा हो! बुद्धिमान् मानिसहरूले जीवनमा पुर्‍याउने उकालो बाटो लिंदछन्, मृत्‍युमा पुर्‍याउने ओह्रालो बाटो होइन। अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्‍छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्‍छ। दुष्‍ट विचारहरू परमप्रभुले घृणा गर्नुहुन्‍छ तर शुद्ध बोलीसित उहाँ प्रसन्‍न हुनुहुन्‍छ। बेइमानदारसित धन लाभ गर्न चेष्‍टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ। धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्‍दछन्। दुष्‍ट मानिसहरूले झट्टै दुष्‍ट जवाफ दिन्‍छन् र समस्‍या उत्‍पन्‍न गराउँछ। धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्‍नुहुन्‍छ तर दुष्‍टदेखि उहाँ टाढा रहनुहुन्‍छ। हँसिलो चेहराले हृदयलाई आनन्‍दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्‍फुर्ती दिन्‍छ।

हितोपदेश 15 पढ्नुहोस्