YouVersion लोगो
खोज आइकन

हितोपदेश 15:22-30

हितोपदेश 15:22-30 NNRV

परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्‍छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्‍छन्‌। उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्‍छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्‍छ। जीवनको मार्गले बुद्धिमान्‌लाई उँभोतिर डोर्‍याउँछ, त्‍यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ। परमप्रभुले अहङ्कारी मानिसको घर भत्‍काइदिनुहुन्‍छ, तर विधवाको साँधसिमाना उहाँले अखण्‍ड राख्‍नुहुन्‍छ। परमप्रभुले दुष्‍टका विचारहरूलाई घृणा गर्नुहुन्‍छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्‍न हुनुहुन्‍छ। लोभी मानिसले आफ्‍नो परिवारमा सङ्कष्‍ट ल्‍याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्‍यो जिउनेछ। धर्मीको हृदयले जवाफ दिन अघि त्‍यसलाई जोख्‍दछ, तर दुष्‍टको मुखले खराबी बकवाद गर्दछ। परमप्रभु दुष्‍टदेखि टाढ़ै रहनुहुन्‍छ, तर उहाँले धर्मीको प्रार्थना सुन्‍नुहुन्‍छ। हँसिलो चेहराले हृदयलाई हर्षित तुल्‍याउँछ, र शुभ-समाचारले हड्डीलाई स्‍वस्‍थ पार्छ।