हितोपदेश 15:22-30
हितोपदेश 15:22-30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
पाउन सकेजति सरसल्लाह लिनू र आफ्नो काममा सफल हुनेछौ, सल्लाहबिना विफल हुनेछौ। ठीक समयमा ठीक शब्द निक्लेको कति आनन्दको कुरा हो! बुद्धिमान् मानिसहरूले जीवनमा पुर्याउने उकालो बाटो लिंदछन्, मृत्युमा पुर्याउने ओह्रालो बाटो होइन। अहङ्कारीहरूका घरहरू परमप्रभुले नाश पार्नुहुन्छ तर उहाँले विधवाको साँध-सिमानाको रक्षा गर्नुहुन्छ। दुष्ट विचारहरू परमप्रभुले घृणा गर्नुहुन्छ तर शुद्ध बोलीसित उहाँ प्रसन्न हुनुहुन्छ। बेइमानदारसित धन लाभ गर्न चेष्टा गरे, तिम्रो परिवार सङ्कटमापर्नेछ, घुस नलेऊ र तिमी दीर्घायु हुनेछौ। धर्मी मानिसहरूले जवाफ दिनुअघि सोच्दछन्। दुष्ट मानिसहरूले झट्टै दुष्ट जवाफ दिन्छन् र समस्या उत्पन्न गराउँछ। धर्मी मानिसहरूले प्रार्थना गर्दा परमप्रभुले कान थाप्नुहुन्छ तर दुष्टदेखि उहाँ टाढा रहनुहुन्छ। हँसिलो चेहराले हृदयलाई आनन्दित पार्दछ, शुभ-समाचारले शरीरलाई स्फुर्ती दिन्छ।
हितोपदेश 15:22-30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परामर्शको कमीले गर्दा योजनाहरू विफल हुन्छन्, तर धेरै परामर्शदाताहरूको कारण तिनीहरू सफल हुन्छन्। उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ, र ठीक समयमा बोलेको वचन कति असल हुन्छ। जीवनको मार्गले बुद्धिमान्लाई उँभोतिर डोर्याउँछ, त्यसले उसलाई उँधो पातालतिर जानदेखि जोगाउँछ। परमप्रभुले अहङ्कारी मानिसको घर भत्काइदिनुहुन्छ, तर विधवाको साँधसिमाना उहाँले अखण्ड राख्नुहुन्छ। परमप्रभुले दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ, तर शुद्ध मानिसका विचारहरूमा उहाँ प्रसन्न हुनुहुन्छ। लोभी मानिसले आफ्नो परिवारमा सङ्कष्ट ल्याउँछ, तर जसले घूसलाई घृणा गर्छ त्यो जिउनेछ। धर्मीको हृदयले जवाफ दिन अघि त्यसलाई जोख्दछ, तर दुष्टको मुखले खराबी बकवाद गर्दछ। परमप्रभु दुष्टदेखि टाढ़ै रहनुहुन्छ, तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ। हँसिलो चेहराले हृदयलाई हर्षित तुल्याउँछ, र शुभ-समाचारले हड्डीलाई स्वस्थ पार्छ।
हितोपदेश 15:22-30 पवित्र बाइबल (NERV)
चाँहिदो परामर्श नपाएर एकजना मानिस आफ्नो योजनामा विफल हुन सक्छ, तर धेरै परामर्शदाताहरूको सल्लाहले ऊ आफ्नो योजनामा सफल हुन सक्छ। सही जवाफ दिन सके मानिस खुशी हुन्छ, र ठीक समयमा सही जवाफ अत्यन्तै राम्रो हो। बुद्धिमान मानिसले गरेको कामले उसलाई यस पृथ्वीमा जीवन दिन्छ अनि मृत्यु स्थानतिर जान रोक्छ। अहङ्कारीको घर परमप्रभुले भताभुङ्ग पारिदिनुहुन्छ भने, विधवाको साँध-सीमानमा उहाँले सुरक्षित राखि दिनु हुन्छ। दुष्ट मानिसहरूको विचारलाई परमप्रभु घृणा गर्नु हुन्छ तर उहाँले शुद्ध मानिसहरूको विचारसँग खुशी हुनु हुन्छ। लोभी मानिसले आफ्नै घरमा आपत बोलाउँछ, तर घूसलाई घृणा गर्ने मानिस बाँची रहन्छ। एउटा धर्मी मानिसले प्रत्येक शब्द तौलँदै बोल्छ तर दुष्ट मानिसहरूको मुखबाट दुष्ट कुराहरू निस्कन्छन्। परमप्रभु दुष्ट मानिसबाट टाढा बस्नु हुन्छ, तर उहाँले धर्मी मानिसहरूको प्रार्थना सुन्नु हुन्छ। एउटा उज्यालो अनुहारको हेराइले मनलाई खुशी पार्छ, अनि शुभ-समाचारले हड्डी भित्र पनि खुशी संचार गर्छ।

हितोपदेश 15:22-30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्। उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ! समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ। याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ। याहवेह दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ। लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ। धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्टको मुखले खराबी कुराहरू पोखिहाल्छ। याहवेह दुष्टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ। हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।