सल्लाहको अभावमा योजनाहरू असफल हुन्छन्; तर धेरै सल्लाहकार छन् भने ती सफल हुन्छन्। उचित जवाफ दिन पाउँदा मानिसलाई खुशी लाग्छ; र ठिक समयमा भनिएको वचन कति असल हुन्छ! समझदार मानिसलाई जीवनको बाटोले माथितिर डोर्याउँछ; त्यसले उसलाई तल पातालतिर जानदेखि जोगाउँछ। याहवेहले अहङ्कारी मानिसको घर भताभुङ्ग पारिदिनुहुन्छ, तर उहाँले विधवाको सिमाना स्थिर राख्नुहुन्छ। याहवेह दुष्टका विचारहरूलाई घृणा गर्नुहुन्छ; तर शुद्ध वचन उहाँलाई मन पर्छ। लोभीले आफ्नो परिवारमा विनाश ल्याउँछ; तर जसले घूसलाई घृणा गर्छ, त्यो बाँच्नेछ। धर्मीको हृदयले जवाफ दिन अगि त्यसलाई तौलिन्छ; तर दुष्टको मुखले खराबी कुराहरू पोखिहाल्छ। याहवेह दुष्टदेखि टाढै रहनुहुन्छ; तर उहाँले धर्मीको प्रार्थना सुन्नुहुन्छ। हँसिलो अनुहारले हृदयमा आनन्द ल्याउँछ; र असल समाचारले हड्डीलाई हर्षित तुल्याउँछ।
हितोपदेश 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 15:22-30
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू