नरम जवाफले रिस शान्त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ। बुद्धिमान् मानिसहरू बोल्दा ज्ञानका कुराहरू निस्कन्छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्दछन्। कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्छ, असल र दुष्ट मानिसहरूका काम उहाँले आफ्ना नजरमा राख्नुहुन्छ। दयाको वचनले जीवन दिन्छ तर निष्ठुर वचनले आत्मा दु:खित पार्दछ। बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्नु बुद्धिमान् हो। धर्मी मानिसहरूले आफ्नो धन साँचेर राख्छन् तर दुष्टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्याउँछ। बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन। सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्छ तर दुष्टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्छ। दुष्टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।
हितोपदेश 15 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: हितोपदेश 15:1-9
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू