YouVersion लोगो
खोज आइकन

हितोपदेश 15:1-9

हितोपदेश 15:1-9 NCV

नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ। बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ। याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ। निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ। मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ। बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन। दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ। याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।

हितोपदेश 15 पढ्नुहोस्