YouVersion लोगो
खोज आइकन

हितोपदेश 15:1-9

हितोपदेश 15:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

नरम जवाफले रिस शान्‍त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ। बुद्धिमान् मानिसहरू बोल्‍दा ज्ञानका कुराहरू निस्‍कन्‍छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्‍दछन्। कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्‍छ, असल र दुष्‍ट मानिसहरूका काम उहाँले आफ्‍ना नजरमा राख्‍नुहुन्‍छ। दयाको वचनले जीवन दिन्‍छ तर निष्‍ठुर वचनले आत्‍मा दु:खित पार्दछ। बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्‍नु बुद्धिमान् हो। धर्मी मानिसहरूले आफ्‍नो धन साँचेर राख्‍छन् तर दुष्‍टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्‍याउँछ। बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन। सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्‍छ तर दुष्‍टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्‍छ। दुष्‍टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्‍छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्

हितोपदेश 15:1-9 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

नम्र जवाफले क्रोधलाई शान्‍त पार्छ, तर कठोर वचनले रीस उठाउँछ। बुद्धिमान्‌को जिब्रोले ज्ञानको तारीफ गर्छ, तर मूर्खको मुखले मूर्खताकै ओइरो लाउँछ। परमप्रभुको नजर सर्वत्र रहन्‍छ, दुष्‍ट र असल दुवैमाथि उहाँ नजर राख्‍नुहुन्‍छ। निको पार्ने जिब्रो जीवनको रूख हो, तर छली जिब्रोले आत्‍मालाई आघात पुर्‍याउँछ। मूर्खले आफ्‍नो बुबाको अनुशासनलाई लत्‍याउँछ, तर सुधारलाई ध्‍यान दिनेले बुद्धिमानी देखाउँछ। धर्मी मानिसको घरमा प्रशस्‍त धन हुन्‍छ, तर दुष्‍ट मानिसको कमाइले दु:ख ल्‍याउँछ। बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछन्, मूर्खहरूको हृदय भने त्‍यस्‍तो हुँदैन। दुष्‍ट मानिसको बलिदान परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर ईमानसँग चल्‍नेको प्रार्थनादेखि उहाँ प्रसन्‍न हुनुहुन्‍छ। दुष्‍ट मानिसको मार्ग परमप्रभुको दृष्‍टिमा घृणित हुन्‍छ, तर धार्मिकताको पछि लाग्‍नेहरूलाई उहाँ प्रेम गर्नुहुन्‍छ।

हितोपदेश 15:1-9 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

नम्र जवाफले क्रोधलाई शान्त पार्छ; तर कठोर वचनले रिस उठाउँछ। बुद्धिमान्‌को जिब्रोले ज्ञानको कुरा गर्छ; तर मूर्खको मुखले मूर्खताकै कुरा पोख्छ। याहवेहको नजर सर्वत्र रहन्छ; उहाँले दुष्‍ट र सज्जन दुवैमाथि नजर राखिरहनुहुन्छ। निको पार्ने जिब्रो जीवनको रूख हो; तर छली जिब्रोले आत्मालाई चोट पुर्‍याउँछ। मूर्खले आफ्नो बुबाको अनुशासनलाई लत्याउँछ; तर सुधारलाई ध्यान दिनेले बुद्धिमानी देखाउँछ। धर्मी जनको घरमा प्रशस्त धन हुन्छ; तर दुष्‍टको कमाइले तिनीहरूमाथि विपत्ति ल्याउँछ। बुद्धिमान्‌का ओठले ज्ञान फैलाउँछ; तर मूर्खका हृदयले भने त्यस्तो गर्दैन। दुष्‍टका बलिदानलाई याहवेहले घृणा गर्नुहुन्छ; तर धर्मीका प्रार्थनाले उहाँलाई प्रसन्‍न तुल्याउँछ। याहवेहले दुष्‍टको मार्गलाई घृणा गर्नुहुन्छ; तर धार्मिकताको पछि लाग्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्

हितोपदेश 15:1-9 पवित्र बाइबल (NERV)

नम्र तथा कोमल वचनले क्रोध शान्त गराउँछ भने कठोर वचनले क्रोधलाई अझ उत्तेजित पार्छ। ज्ञानीको जिब्रोले ज्ञानलाई आनन्दित बनाउँछ, अनि मूर्खको मुखबाट खाली मूर्खता नै बाहिरिन्छ। परमप्रभुको नजर प्रत्येक कुनामा पुगेको हुन्छ। उहाँ खराब असल देखिरहनु भएको हुन्छ। जुन वचनले मनको घाउ शान्ति पार्छ त्यो जीवन बृक्ष हो, तर छलपूर्ण वचनले आत्मालाई आघात पुर्याउँछ। मूर्खले आफ्नो बाबुले दिएको सजायलाई हेला गर्छ, तर जसले सुधारका कुरालाई ध्यान दिएर सुन्छ ऊ ज्ञानी हुनेछ। धर्मी मानिसको घरमा प्रशस्त धन हुन्छ, तर दुष्ट मानिसको कमाइले कष्ट मात्र निम्त्याउँछ। बुद्धिमानीको वचनले ज्ञान फैलाउँछन् तर मूर्ख हृदयले त्यस्तो काम गर्दैन। एउटा अन्यायी मानिसले चढाएको बलिदानलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर ईमान्दारीसित व्यवहार गर्ने मानिसको प्रार्थनासित उहाँ खुशी हुनुहुन्छ। दुष्ट मानिसको मार्गलाई परमप्रभुले घृणा गर्नु हुन्छ तर जो मानिस न्यायीक र ईमान्दारी हुन प्रयास गर्छ, त्यसलाई उहाँले प्रेम गर्नु हुन्छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्

हितोपदेश 15:1-9 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

नरम जवाफले रिस शान्‍त गराउँछ। तर रूखो जवाफले रिस बढाउँछ। बुद्धिमान् मानिसहरू बोल्‍दा ज्ञानका कुराहरू निस्‍कन्‍छ तर मूर्खहरूले मूर्खै कुरा निकाल्‍दछन्। कहाँ, के हुँदै छ, परमप्रभुले हेरिरहनुहुन्‍छ, असल र दुष्‍ट मानिसहरूका काम उहाँले आफ्‍ना नजरमा राख्‍नुहुन्‍छ। दयाको वचनले जीवन दिन्‍छ तर निष्‍ठुर वचनले आत्‍मा दु:खित पार्दछ। बुबाको शिक्षा नलिनु मूर्खता हो, उनको सुधारको कुरा सुन्‍नु बुद्धिमान् हो। धर्मी मानिसहरूले आफ्‍नो धन साँचेर राख्‍छन् तर दुष्‍टहरूको धनले तिनीहरूमाथि दु:खै मात्र ल्‍याउँछ। बुद्धिमान् मानिसहरूले ज्ञान फैलाउँदछन्, मूर्खहरूले होइन। सोझा मानिसहरूले प्रार्थना गर्दा परमप्रभु खुसी हुनुहुन्‍छ तर दुष्‍टहरूले चढाएको बलिदानलाई उहाँले घृणा गर्नुहुन्‍छ। दुष्‍टहरूका चाल परमप्रभुले घृणा गर्नुहुन्‍छ तर उचित काम गर्नेहरूलाई उहाँले प्रेम गर्नुहुन्‍छ।

शेयर गर्नुहोस्
हितोपदेश 15 पढ्नुहोस्

हितोपदेश 15:1-9

हितोपदेश 15:1-9 NNRV
शेयर गर्नुहोस्
Read Full Chapter