सातौँ महिनाको पन्ध्रौं दिनमा आराधनाको निम्ति एक साथ भेला हुनू। सात दिनसम्म यो चाड परमप्रभुको आदरको लागि मनाउनू र केही काम नगर्नू। चाडको पहिलो दिनमा परमप्रभुलाई खुसी पार्ने बास्नाको रूपमा आगोद्वारा चढाइने बलिको रूपमा निष्खोट तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू बलि चढाउनू। ठीक अन्नबलि– जैतुनको तेल मिसाएको पिठो– प्रत्येक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम र प्रत्येक थुमासित एक किलोग्राम गरेर चढाउनू। साथै चाहिने मद्यबलि पनि चढाउनू। पापबलिको लागि एउटा बोको पनि चढाउनू। दिनहुँ चढाउने गरेका होमबलि, अन्नबलि र मद्यबलिबाहेक यी सबै छुट्टै चढाउनू। दोस्रो दिन बाह्रवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका सबै अरू बलिहरू पनि चढाउनू। तेस्रो दिन एघार वटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका सबै बलिहरू पनि चढाउनू। चौथो दिन दशवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। पाँचौँ दिन नौवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। छैटौँ दिन आठवटा साँढेहरू, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। सातौँ दिन सातवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। आठौँ दिन आराधनाको निम्ति भेला हुनू। त्यो दिन कसैले केही काम नगर्नू। परमप्रभुलाई खुसी गराउने बास्नाको निम्ति आगोद्वारा चढाइने बलिमा एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ।
गन्ती 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 29:12-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू