“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू। तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेंडा र एक बर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ। यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुइ खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेंडासित र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ। यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो। “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेंडाहरू र एक बर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्। तिमीहरूले यी साँढे, भेंडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ। तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो। “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन। तिमीहरूले यी बहर, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। तिमीहरूले यी बहर गोरू, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ। पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो। “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ। तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन। त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।
गन्तीको पुस्तक 29 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्तीको पुस्तक 29:12-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू