“‘सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्ति सात दिनसम्म चाड़ मान्नू। तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलिको निम्ति तेह्रै वटा बाछामा हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, दुई वटा भेड़ामा हरेक भेड़ासित एक पाथी, र चौधै थुमासित आधा पाथी चढ़ाउनू। साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि र त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
“‘दोस्रो दिन तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू।
“‘तेस्रो दिन तिमीहरूले एघार वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
“‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू, साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
“‘पाँचौँ दिन तिमीहरूले नौ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
“‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
“‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। तिनका अन्नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।
“‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्।