YouVersion लोगो
खोज आइकन

गन्ती 29:12-36

गन्ती 29:12-36 नेपाली नयाँ संशोधित संस्करण (NNRV)

“‘सातौँ महिनाको पन्‍ध्रौँ दिनमा तिमीहरूको एउटा सभा होस्, र त्‍यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुको निम्‍ति सात दिनसम्‍म चाड़ मान्‍नू। तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाइने होमबलिको निम्‍ति तेह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलिको निम्‍ति तेह्रै वटा बाछामा हरेक बाछासित तेलमा मुछेको डेढ़ पाथी मसिनो पीठो, दुई वटा भेड़ामा हरेक भेड़ासित एक पाथी, र चौधै थुमासित आधा पाथी चढ़ाउनू। साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। “‘दोस्रो दिन तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेड़ा, चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि अनि तिनका अर्घ-बलिहरूबाहेक चढ़ाउनू। “‘तेस्रो दिन तिमीहरूले एघार वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। “‘चौथो दिन तिमीहरूले दश वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू, साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। “‘पाँचौँ दिन तिमीहरूले नौ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। “‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। “‘सातौँ दिन तिमीहरूले सात वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट होऊन्‌। तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू। साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। “‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू। तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्‍ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्‍ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्‍खोट होऊन्‌।

शेयर गर्नुहोस्
गन्ती 29 पढ्नुहोस्

गन्ती 29:12-36 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)

“ ‘सातौँ महिनाको पन्ध्रौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहका निम्ति सात दिनसम्म चाड मनाउनू। याहवेहलाई मनपर्दो बास्‍नादार भोजनको रूपमा अग्निबलिको साथमा तेह्र वटा बाछाहरू, दुई वटा भेडाहरू र चौध वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। तेह्र वटा बाछाहरू प्रत्येकसँग एपाको दश भागको तीन भाग मसिनो पिठो जैतुनको तेल मिसाएको अन्‍नबलि चढाउनू; प्रत्येक दुई भेडासँग दश भागको दुई भाग मसिनो पिठो, र चौध वटा थुमाहरू प्रत्येकसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘उत्सवको दोस्रो दिनमा तिमीहरूले बाह्र वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू, सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘तेस्रो दिनमा तिमीहरूले एघार वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘चौथो दिनमा दश वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘पाँचौँ दिनमा नौ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। ती सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरूसँग चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘सातौँ दिनमा सात वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू। त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। याहवेहलाई मनमर्दो बास्‍नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्।

शेयर गर्नुहोस्
गन्ती 29 पढ्नुहोस्

गन्ती 29:12-36 पवित्र बाइबल (NERV)

“सातौं महिनाको पन्ध्रौं दिन तिमीहरूले एउटा विशेष सभा राख्नु अनि त्यसदिन कुनै दैनिक काम नगर्नू। परमप्रभुको सम्मानमा सात दिनसम्म उत्सव मनाउनू। तिमीहरूले बथानबाट तेह्रवटा बहर गोरू दुइवटा भेंडा र एक बर्षे चौधवटा थुमाहरू परमप्रभुको निम्ति मगमग सुगन्धित वास्ना बनाउनलाई होमबलि चढाउनुपर्छ। यी पशुहरू निष्खोट हुनुपर्छ। यो होमबलिसित एपाको दश खण्डको तीन खण्ड तेलसित मुछेको मसिनो पीठो प्रत्येक जवान साँढेसित एपाको दश खण्डको दुइ खण्ड तेलसित मिसिएको मसिनो पीठो प्रत्येक भेंडासित र प्रत्येक थुमासित एपाको दश खण्डको एक खण्ड तेलसित मुछेको मसिनो पीठो होमबलि चढाउनु पर्छ। यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो। “उत्सवको दोस्रो दिन तिमीहरूले बाह्रवटा बहर गोरू, दुइवटा भेंडाहरू र एक बर्षे चौधवटा थुमाहरू बलि चढाउनुपर्छ। यी बलि दिइने पशुहरूमा कुनै खोट नहोस्। तिमीहरूले यी साँढे, भेंडाहरू तथा थुमाहरूसित यिनीहरूको तोकिएको संख्या अनुसार सही परिमाणको अन्नबलि तथा अर्घबलि पनि चढाउनु पर्छ। तिमीहरूले पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र यससित चढाइने अन्नबलि र अर्घबलिको अतिरिक्त हो। “उत्सवको तेस्रो दिन तिमीहरूले एघारवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनुहुँदैन। तिमीहरूले यी बहर, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको चौथो दिन तिमीहरूले दशवटा बहर गोरू, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। तिमीहरूले यी बहर गोरू, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनुपर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनुपर्छ। पापबलिको निम्ति एउटा वोको पनि चढाउनुपर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको पाँचौदिन तिमीहरूले नौवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ। पापबलिको निम्ति एउटा बोका पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि र त्यससित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो। “उत्सवको सातौं दिन तिमीहरूले सातवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरू निष्खोट हुनु पर्छ। तिमीहरूले यी बाछा, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउँनु पर्छ र अन्नबलि र अर्घबलि पनि सही परिमाणको चढाउनु पर्छ। पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो। “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन। त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन।

शेयर गर्नुहोस्
गन्ती 29 पढ्नुहोस्

गन्ती 29:12-36 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)

सातौँ महिनाको पन्‍ध्रौं दिनमा आराधनाको निम्‍ति एक साथ भेला हुनू। सात दिनसम्‍म यो चाड परमप्रभुको आदरको लागि मनाउनू र केही काम नगर्नू। चाडको पहिलो दिनमा परमप्रभुलाई खुसी पार्ने बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलिको रूपमा निष्‍खोट तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू बलि चढाउनू। ठीक अन्‍नबलि– जैतुनको तेल मिसाएको पिठो– प्रत्‍येक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम र प्रत्‍येक थुमासित एक किलोग्राम गरेर चढाउनू। साथै चाहिने मद्यबलि पनि चढाउनू। पापबलिको लागि एउटा बोको पनि चढाउनू। दिनहुँ चढाउने गरेका होमबलि, अन्‍नबलि र मद्यबलिबाहेक यी सबै छुट्टै चढाउनू। दोस्रो दिन बाह्रवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका सबै अरू बलिहरू पनि चढाउनू। तेस्रो दिन एघार वटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका सबै बलिहरू पनि चढाउनू। चौथो दिन दशवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। पाँचौँ दिन नौवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। छैटौँ दिन आठवटा साँढेहरू, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। सातौँ दिन सातवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू। आठौँ दिन आराधनाको निम्‍ति भेला हुनू। त्‍यो दिन कसैले केही काम नगर्नू। परमप्रभुलाई खुसी गराउने बास्‍नाको निम्‍ति आगोद्वारा चढाइने बलिमा एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ।

शेयर गर्नुहोस्
गन्ती 29 पढ्नुहोस्