YouVersion लोगो
खोज आइकन

गन्‍ती 29

29
नयाँ वर्षका भेटीहरू
(लेवी २३:२३-२५)
1सातौँ महिनाको पहिलो दिन तिमीहरू आराधनाको निम्‍ति भेला हुनुपर्छ। त्‍यो दिन केही काम नगर्नू। त्‍यो दिन तुरहीहरू बजाइनेछन्। 2-3एउटा निष्‍खोट साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे पाठाहरू परमप्रभुलाई होमबलि चढाउनू, जसको बास्‍नाले उहाँलाई खुसी पार्नेछ। जैतुनको तेल मिसाएको ठीक प्रकारको अन्‍नबलि साँढेसित तीन किलोग्रामको पिठो साँढ-भेडासित दुई किलोग्रामको पीठो 4र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू। 5पापबलिको निम्‍ति एउटा बोको पनि चढाएर मानिसहरूको शुद्धीकरणको विधि पूरा गर्नू। 6महिनाको पहिलो दिनमा चढाइने अन्‍न र होमबलिबाहेक अनि दिनहुँ चढाइने अन्‍न र मद्यबलिका होमबलिबाहेक यी बलिहरू चढाउनुपर्छ। यी आगोद्वारा चढाइने बलिहरूको बास्‍ना परमप्रभुलाई मनपर्दो हुनेछ।
प्रायश्‍चितको दिनका भेटीहरू
(लेवी २३:२६-३२)
7 # लेवी 16:29-34 सातौँ महिनाको दशौँ दिन आराधनाको निम्‍ति एक साथ भेला हुनू। त्‍यो दिन केही नखानू अनि काम नगर्नू। 8निष्‍खोट एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू परमप्रभुलाई होमबलिको रूपमा चढाउनू, जसको बास्‍नाले उहाँलाई खुसी पार्नेछ। 9ठीक अन्‍नबलि– जैतुनको तेल मिसाएको पिठो साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम 10र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू। 11मानिसहरूका शुद्धीकरणको विधि पूरा गर्नलाई चढाएको बोको र दिनहुँ चढाउने गरेका होमबलि, अन्‍नबलि र मद्यबलिसित अर्को एउटा बोको पनि पापबलिका रूपमा चढाउनू।
छाप्रो बासको चाडका भेटीहरू
(लेवी २३:३३-४४)
12 # लेवी 23:34; व्यवस्था 16:13-15 सातौँ महिनाको पन्‍ध्रौं दिनमा आराधनाको निम्‍ति एक साथ भेला हुनू। सात दिनसम्‍म यो चाड परमप्रभुको आदरको लागि मनाउनू र केही काम नगर्नू। 13चाडको पहिलो दिनमा परमप्रभुलाई खुसी पार्ने बास्‍नाको रूपमा आगोद्वारा चढाइने बलिको रूपमा निष्‍खोट तेह्रवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू बलि चढाउनू। 14ठीक अन्‍नबलि– जैतुनको तेल मिसाएको पिठो– प्रत्‍येक साँढेसित तीन किलोग्राम, साँढ-भेडासित दुई किलोग्राम 15र प्रत्‍येक थुमासित एक किलोग्राम गरेर चढाउनू। साथै चाहिने मद्यबलि पनि चढाउनू। 16पापबलिको लागि एउटा बोको पनि चढाउनू। दिनहुँ चढाउने गरेका होमबलि, अन्‍नबलि र मद्यबलिबाहेक यी सबै छुट्टै चढाउनू।
17दोस्रो दिन बाह्रवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 18-19यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका सबै अरू बलिहरू पनि चढाउनू।
20तेस्रो दिन एघार वटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 21-22यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका सबै बलिहरू पनि चढाउनू।
23चौथो दिन दशवटा साँढे, दाजुभाइ भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 24-25यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।
26पाँचौँ दिन नौवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 27-28यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।
29छैटौँ दिन आठवटा साँढेहरू, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 30-31यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।
32सातौँ दिन सातवटा साँढे, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 33-34यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।
35आठौँ दिन आराधनाको निम्‍ति भेला हुनू। त्‍यो दिन कसैले केही काम नगर्नू। 36परमप्रभुलाई खुसी गराउने बास्‍नाको निम्‍ति आगोद्वारा चढाइने बलिमा एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि चढाउनू। पशुहरू सबै निष्‍खोट हुनुपर्छ। 37-38पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका अरू सबै बलिहरू पनि चढाउनू।
39तोकिएका चाडहरूमा तिमीहरूले परमप्रभुलाई चढाउनुपर्ने होमबलि, अन्‍नबलि, मद्यबलि र मेलबलिहरूका नियम यी नै हुन्। तिमीहरूले भाकल गरेका वा राजीखुसीले चढाएका भेटीहरू बाहेक यी बलिहरू चढाइनुपर्छ।
40यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुले उनलाई आज्ञा गर्नुभएका सबै कुराहरू सुनाए।

अहिले सेलेक्ट गरिएको:

गन्‍ती 29: सरल नेपाली

हाइलाइट

शेयर गर्नुहोस्

कपी गर्नुहोस्

None

तपाईंका हाइलाइटहरू तपाईंका सबै यन्त्रहरूमा सुरक्षित गर्न चाहनुहुन्छ? साइन अप वा साइन इन गर्नुहोस्