मोशाले मिद्यानी यित्रोका छोरा अनि आफ्ना जेठान होबाबलाई भने, “परमप्रभुले हामीलाई दिन्छु भन्नुभएको ठाउँमा हामी जान लागेका छौं। परमप्रभुले इस्राएलीहरूलाई फलिफाप गराउने प्रतिज्ञा गर्नुभएको छ। तपाईं हामीसित आउनुहोस्। हामी आफ्ना फलिफाप तपाईंसित बाँड्नेछौं।” होबाबले भने, “अहँ, म आफ्नै देशमा फर्कनेछु।” मोशाले भने, “हामीलाई नछोड्नुहोस्। यस उजाड-स्थानमा हामी कुन ठाउँमा पाल हाल्न सक्छौं, तपाईंलाई थाहा छ। तपाईं हाम्रो बाटो देखाउने मानिस बन्न सक्नुहुन्छ। तपाईं हामीसित आउनुभयो भने परमप्रभुले हामीलाई जति आशिष्हरू दिनुहुन्छ, ती तपाईंसित बाँड्नेछौं।” इस्राएलीहरूले पवित्र पर्वत सीनैबाट बिदा भएपछि तीन दिनसम्म यात्रा गरे। परमप्रभुको करारको सन्दुक तिनीहरू बास बस्ने ठाउँ खोज्ने विचारले सधैँ तिनीहरूको अघि-अघि लगिन्थ्यो। हरेक छाउनीबाट जब तिनीहरू अघि बढ्थे, परमप्रभुको बादलले दिउँसो तिनीहरूमाथि छाया पार्थ्यो। करारको सन्दुक बोक्नेहरू हिँडेपछि मोशाले सधैँ भन्थे, “परमप्रभु, उठ्नुहोस्! आफ्ना बैरीहरू छरपष्ट पार्नुहोस् र तपाईंलाई घृणा गर्नेहरूलाई धपाउनुहोस्!” करारको सन्दुक थामिंदा तिनले भन्थे, “परमप्रभु! इस्राएलका हजारौं-हजार परिवारकहाँ तपाईं फर्केर आउनुहोस्।”
गन्ती 10 पढ्नुहोस्
शेयर गर्नुहोस्
सबै भर्सन तुलना गर्नुहोस: गन्ती 10:29-36
पदहरू सेभ गर्नुहोस्, अफलाइन पढ्नुहोस्, शिक्षण क्लिपहरू हेर्नुहोस्, र थप!
होम
बाइबल
योजनाहरू
भिडियोहरू