YouVersion लोगो
खोज आइकन

गन्तीको पुस्तक 10:29-36

गन्तीको पुस्तक 10:29-36 NERV

मोशाले आफ्नो ससुरा रूएल मिद्यानीको छोरो होबाबलाई भने, “परमेश्वरले हामीलाई दिनेछु भनी प्रतिज्ञा गर्नु भएको ठाँउमा हामी जाँदैछौ, हामीसितै आउनुहोस्, हामी तपाईंलाई राम्रो गर्नेछौं। परमप्रभुले इस्राएलका मानिसहरूको निम्ति राम्रो-राम्रो चिजहरू दिन्छु भनी प्रतिज्ञा गर्नु भएको छ।” तर होबाबले उत्तर दिए, “होइन म तिमीहरूसित जान्न, म आफ्नौं देश र मानिसहरूकहाँ जान्छु।” तब मोशाले भने, “तपाईंले हामीलाई नछाड्नु होस्। तपाईं हाम्रो पथ प्रदर्शक बन्न सक्नु हुन्छ कारण मरुभूमिको विषयमा हामीले भन्दा बेशी तपाईंले जान्नुहुन्छ। यदि तपाईं हामीसित हिँड्नु भए परमप्रभुले हामीलाई दिनु भएको असल चीजहरू बाँड्नेछौं।” होबाब राजी भए अनि परमप्रभुको पर्वतबाट तिनीहरूले यात्रा शुरू गरे। पूजाहारीले परमप्रभुको करारको सन्दूक लिएर मानिसहरूको अगाडी हिँडे। तिनीहरूले पवित्र सन्दूक बोकेर नयाँ शिविर बनाउने ठाँउ खोज्दै तीन दिन सम्म हिँडे। परमप्रभुको बादल प्रत्येक दिन तिनीहरू माथि नै रहन्थ्यो अनि प्रत्येक बिहान जब तिनीहरू शिविरबाट यात्रा शुरू गर्थे बादलले तिनीहरूलाई अगुवाई गर्थ्यो। शिविर सार्नलाई जब मानिसहरूले पवित्र सन्दूक उठाँउथे, मोशाले सधैँ भन्थे, “हे परमप्रभु! उठ्नुहोस्, तपाईंको शत्रुहरू छरपष्ट होउन्। तपाईंका शत्रुहरू तपाईं देखि भागुन्।” अनि जब पवित्र सन्दूकलाई त्यसको ठाँउमा राखिन्थ्यो, सधैँ मोशाले भन्थे