YouVersion लोगो
खोज आइकन

गन्ती 10:29-36

गन्ती 10:29-36 NCV

मोशाले आफ्ना मिद्यानी ससुरा रूएलका छोरा होबाबलाई भने, “हामी त्यस ठाउँमा जाँदैछौँ, जुन ‘म तिमीहरूलाई दिनेछु’ भनी याहवेहले हामीलाई भन्‍नुभएको थियो। तपाईं पनि हामीसँगै आउनुहोस्। हामी तपाईंसँग राम्रो व्यवहार गर्नेछौँ। किनकि याहवेहले इस्राएललाई असल कुराहरूका निम्ति प्रतिज्ञा गर्नुभएको छ।” तब होबाबले तिनलाई भने, “होइन, म जानेछैनँ। म आफ्नै देश र आफ्नै कुटुम्बकहाँ फर्कनेछु।” तर मोशाले होबाबलाई भने, “बिन्ती छ, दया गरी हामीलाई नछोड्नुहोस्। हामीले उजाडस्थानमा कहाँ पाल टाग्नुपर्छ भनी तपाईं जान्‍नुहुन्छ। अनि तपाईं हाम्रा निम्ति बाटो देखाउने आँखा बन्‍न सक्नुहुन्छ। यदि तपाईं हामीसँग आउनुभयो भने याहवेहले हामीलाई दिनुहुने सबै असल कुराहरू तपाईंसँग बाँड्‌नेछौँ।” यसरी तिनीहरू याहवेहको पर्वतबाट हिँडे। अनि तीन दिनसम्म यात्रा गरे। तिनीहरूले कहाँ रोकिनुपर्ने हो, र आराम गर्ने ठाउँ कहाँ हो, सो भेट्टाउनका निम्ति त्यस तीन दिनसम्म याहवेहको करारको सन्दुक बोक्नेहरू तिनीहरूका अगि-अगि गए। जब तिनीहरू पालबाट दिउँसो अगि बढ्थे, तब याहवेहको बादल तिनीहरूमाथि रहन्थ्यो। जब करारको सन्दुक बोक्नेहरू अगि बढ्थे, तब मोशाले यसो भन्थे, “हे याहवेह, उठ्नुहोस्! तपाईंका शत्रुहरू छरपस्ट होऊन्; तपाईंका विरोधीहरू तपाईंका सामुबाट भागून्!” जब करारको सन्दुक बिसाइन्थ्यो, तब मोशाले यसो भन्थे, “हे याहवेह, इस्राएलका गन्ती गर्न नसकिने हजारौँ-हजारकहाँ फर्केर आउनुहोस्!”

गन्ती 10 पढ्नुहोस्